2 years ago
August 1, 2023
एजेन्सी – भारतले अन्तिम तथा निर्णायक ओडिआई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ । ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ५१ रन बनायो ।

भारतका कप्तान हार्दिक पान्ड्या ५२ बलमा ४ चौका र ५ छक्कासहित ७० रनमा नटआउट रहे । ओपनर शुभमन गिलले ९२ बलमा ११ चौकासहित सर्वाधिक ८५ रन बनाए ।
अर्का ओपनर ईशान किशन ६४ बलमा ८ चौका र ३ छक्कासहित ७७ रनमा आउट भए । भारतलाई ओपनर किशन र गिलले पहिलो विकेटका लागि १९.४ ओभरमा १ सय ४३ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
स्पिनर यानिक कारियाहको बलमा अघि बढेर सट खेल्ने धुनमा मिस हुँदा किशन विकेटकिपर शाई होपबाट स्टम्पिङ आउट भए । तीव्र गतिका बलर अल्जारी जोशेफको बलमा स्लिपमा ब्रेन्डन किंगबाट क्याच आउट भए ।
सन्जु स्यामसनले ४१ बलमा २ चौका र ४ छक्कासहित ५१ रनको आक्रामक इनिङ खेल्दै विशाल योगफलको आधार तय गरेको थियो । सूर्यकुमार यादव ३० बलमा २ चौका र २ छक्कासहित ३५ रनमा आउट भए । रविन्द्र जडेजा ७ बलमा ८ रनमा नट आउट रहे ।
वेस्टइन्डिजका रोमारियो शेफर्डले १० ओभरमा ७३ रन खर्चेर सर्वाधिक २ विकेट लिए । अल्जारी जोशेफ, गुडाकेश मोती र यानिक कारियाहले समान एक विकेट लिए । तीन खेलको ओडिआई सिरिज १-१ को बराबरी अवस्थामा छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]