9 years ago
January 13, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल आर्मी सहज जितका साथ रुस्लान कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार रोयल पिसी फाइटरलाई १० विकेटले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । ४६ रनको झिनो लक्ष्य पछ्याएको आर्मीले ४ ओभरमा विना विकेटको क्षेति जित हासिल गरेको थियो । आर्मीका ओपनर सागर पुन ३६ र सोमपाल कामीले ३ रन अविजित रहँदा आर्मीले जित निकालेको थियो । २१ बल खेलेका सागरले ७ चौका प्रहार गरे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको पिसी फाइटरले १७ ओभरमा सबै विकेट गुमाउदै ४५ रन मात्र बनाउन सक्यो । अभिनाष कर्णले ४ र सोमपालले ३ विकेट लिएका थिए । रोयल पिसीका विजय सुनाले ११ रन बनाए भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । अभिनाष म्यान अफ दी म्याच चुनिए ।
शुक्रबार पहिलो क्वार्टरफाइनलमा हिमालयन ह्वाइट हाउसलाई हराउदै नेपाल पुलिस क्लब सेमिफाइनल पुगेको थियो ।
रुस्लान कपमा शनिबारको क्वार्टरफाइनल एसपिए (धनगढी)विरुद्ध एइएफ (वीरगन्ज), बिहान ९ः१५ न्यू होराइजन क्रिकेट क्लबविरुद्ध कुलेश्वर क्रिकेट क्लब,दिउँसो १ः१५
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]