default_image

9 years ago

January 13, 2017

पुलिस रुस्लान कप क्रिकेटको सेमिफाइनलमा

123 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन ह्वाइट हाउसलाई ८ विकेटले हराउँदै नेपाल पुलिस क्लब कीर्तिपुरस्थित त्रिवि मैदानमा दोस्रो रुस्लान क्रिकेट कप टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

sunil-dhamala

९९ रनको लक्ष्य पछ्याएको पुलिसले १३ ओभरमा २ विकेट गुमाएर जित हासिल गरेको थियो । पुलिसका लागि अर्धशतक पुरा गरेका सुनिल धमला खेलेको म्यान अफ दी म्याच बनेको थिए । ४२ बल खेलेका सुनिलले ४ छक्का र ४ चौकाको मद्दतमा ६० रन बनाएका थिए । आरिफ शेखले २१ बलमा २७ रन जोडे ।

त्यसअघि टस हारेर ब्याटिङको निमन्त्रणा पाएको हिमालयन ह्वाइट हासिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै ९८ बनाएको थियो । कप्तान हसिम अन्सारीले ३३ र प्रतिन थापा मगरले २३ रन बनाएका थिए । पुलिसका दीपेन्द्र सिंह ऐरी र ललित भण्डारीले समान २ विकेट लिएका थिए ।

शुक्रबारकै अर्को क्वार्टरफाइनलमा नेपाल आर्मीले रोयल पिसी फाइटरलाई १० विकेटले हराएर अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो । प्रतियोगितामा सहभागित तीन विभागिय टोलीमध्ये एपिएफ भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

रुस्लान कपमा शनिबारको क्वार्टरफाइनल
एसपिए (धनगढी)विरुद्ध एइएफ (वीरगन्ज), बिहान ९ः१५
न्यू होराइजन क्रिकेट क्लबविरुद्ध कुलेश्वर क्रिकेट क्लब,दिउँसो १ः१५

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.