default_image

2 years ago

August 8, 2023

सूर्यको सानदार ब्याटिङमा भारत विजयी

7152 views

0 Bookmark

एजेन्सी – शीर्षक्रमका ब्याटर सूर्यकुमार यादवको सानदार ब्याटिङमा भारतले तेस्रो टि२० आई खेलमा घरेलु टोली वेस्टइन्डिजलाई ७ विकेटले हराएको छ । पाँच खेलको सिरिजमा भने वेस्टइन्डिज २–१ ले अघि छ ।

जितको लागि १ सय ६० रनको विजयी लक्ष्य भारतले १७.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । भारतको जितमा सूर्यकुमार यादवले ४४ बलमा १० चौका र ४ छक्कासहित ८३ रनको योगदान दिए । डेब्यू खेल खेलेका ओपनर यशस्वी जैसवाल १ र शुभमन गिल ६ रनमै आउट भएका थिए ।

चौथो विकेटका लागि सूर्य र तिलक बर्माले ८७ रनको साझेदारी गर्दै सहज जितको आधार तय गरेका थिए । तिलक बर्मा ३७ बलमा ४ चौका र १ छक्कासहित ४९ रनमा नट आउट रहे । हार्दिक पान्ड्या १५ बलमा १ चौका र १ छक्कासहित २० रनमा नटआउट रहे ।

वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । ओबेद म्याककोयले २ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि गयानामा टस जितेर पहिला ब्याटिङ रोजेको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५९ रन बनाएको थियो । तर उक्त योगफल जितको लागि पर्याप्त हुन सकेन ।

वेस्टइन्डिजका कप्तान रोभम्यान पावेल १९ बलमा १ चौका र ३ छक्कासहित सर्वाधिक ४० रनमा नटआउट रहेका थिए । ओपनर ब्रेन्डन किंग ४२ बलमा ५ चौका र १ छक्कासहित ४२ रन बनाए । वेस्टइन्डिजले बलियो सुरुवातका बाबजुद विशाल योगफलमा पुग्न सकेको थिएन ।

वेस्टइन्डिजलाई ओपनर कायल मेयर्स र ब्रेन्डन किंगले पहिलो विकेटका लागि ७.४ ओभरमा ५५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । स्पिनर अक्षर पटेलको बलमा मेयर्स ठूलो सटको धुनमा अर्शदीप सिंहबाट २५ रनमा क्याच आउट भएका थिए । मेयर्सले २० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

जोनसन चाल्र्सलाई कुलदीप यादवले १२ रनमा एलबीडब्लू आउट गरे । उच्च लयमा रहेका निकोलस पुरन स्पिनर कुलदीप यादवको १५ औं ओभरको पहिलो बलमा २० रनमा स्टम्पिङ आउट भए ।

पुरन १२ बलमा २ चौका र १ छक्का प्रहार गर्दै सन्जु स्यामसनबाट स्टम्पिङ आउट भएका थिए । त्यसै ओभरको पाँचौं बलमा ब्रेन्डन किंग ४२ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । किंग र पुरन दुबै एकै ओभरमा आउट भएपछि वेस्टइन्डिजले रनको गति बढाउन सकेको थिएन । शिम्रन हेटमायर ८ बलमा १ चौकासहित ९ रनमा आउट भए ।

भारतको जितमा स्पिनर कुलदीप यादवले ४ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए । अक्षर पटेल र मुकेश कुमारले समान एक विकेट लिए । पहिलो खेलमा वेस्टइन्डिज ४ रन र दोस्रो खेलमा दुई विकेटले विजयी भएको थियो । चौथो खेल शनिबार र पाँचौं खेल आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.