default_image

9 years ago

January 14, 2017

रुस्लान क्रिकेटमा एस.पी.ए.को जित

282 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – टि.यु. मैदानमा जारि रुस्लन टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो खेलमा सुदुरपश्चिम एकेडेमी (एस.पी.ए)ले अनुभूति एडुकेसन फाउन्डेसनलाइ पाँच विकेटले हराएको छ

man-of-the-match-bikram-thagunna-of-spa

खेलमा टस जितेर फिल्डिङ रोजेको एसपिएले अनुभूतिलाइ १०२/८ रनको सामान्य योगफलमा रोक्न सफल रह्यो। अनुभूतिका लागि नसरुद्दीन अन्सारीले २५ बलमा एक चौका र एक छक्काको मद्दतले २९ रन जोडेका थिए। ओपनर अकिब अलि अन्सारीले २६ बलमा १८ रन बनाउदै पारी सम्हाल्न खोजेपनि राम्रो साथ नपाउदा टोलीले ठुलो स्कोर खडा गर्न सकेन। एसपिएका बिक्रम ठगुन्नाले चार ओभरमा १८ रन खर्चेर तिन महत्वपूर्ण विकेट लिएका थिए।

१ सय ३ रनको सहज लक्ष्य पछ्याएको एसपीएले आफ्नो पारीको पहिलो बलमै ओपनर विजय राणालाइ गुमाएको थियो। तर ओपनर रोमन बमले चार चौकको मद्दतले २१(१९)रन बनाएपछि टोलीले राम्रो सुरुवात पायो। मध्यक्रममा राजबिर सिंहले ४५ बलमा तिन चौका र एक छक्काको मद्दतले ३३ रनको अविजित पारी खेलेपछि एसपीएको जित पक्का भएको थियो।

खेलको म्यान अफ द म्याच एसपीएका बिक्रम ठगुन्ना घोषित भए। जितसंगै एसपीए प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ। उसले भोलि दोश्रो खेलमा आयोजक रुस्लान केसिटिसीको सामना गर्नेछ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.