default_image

9 years ago

January 14, 2017

शंकरको शतकिय पारीसंगै न्यु होराइजन रुस्लान क्रिकेटको क्वार्टरफाइनलमा

164 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – ओपनर शंकर राणाले अविजित शतक बनाएपछि राजधानीमा जारि रुस्लान टि-२० क्रिकेट प्रतियोगितामा न्यु होराइजन क्रिकेट क्लबले कुलेश्वरक्रिकेट क्लबलाई ११३ रनको विशाल अन्तरले पराजित गरेको छ।

man-of-the-match-shankar-rana

टस जितेर ब्याटिङ रोजेको न्यु होराइजनका लागि पनर शंकर राणाले ७१ बलमा १४ चौका र ४ छक्काको मद्दतले अविजित ११५ रनको आकर्षक पारी खेले। ३६ बलमा अर्धशतक पुरा गरेका राणाले ६५ बलमा आफ्नो शतक पुरा गरेका थिए। उनकै शतकीय पारीको मद्दतले न्यु होराइजनले १९९/२को विशाल स्कोर खडा गरेको थियो। राणाले दोश्रो विकेटका लागि ३९(३३) रन बनाएका निर्मल थापासंग १३४ रनको साझेदारी पनि गरेका थिए। होराइजनका दुवै विकेट रमेश क्षेत्रीले लिएका थिए।

२सय रनको विशाल लक्ष्य पछ्याएको कुलेश्वर क्रिकेट क्लब कुनै समयपनि आफ्नो लक्ष्यतिर अग्रसर देखिएन र निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८६ रन मात्र बनाउन सक्यो । उसका लागि ओपनर रमेश क्षेत्रीले २४(३०) बनाउनु बाहेक कसैले पनि दोहोरो अंक छुन सकेनन। होराइजनका बिशाल सुनारले एक ओभरमा २ रन दिदै तिन विकेट लिएका थिए भने साहब आलमले कसिलो बलिङ गर्दै ४-१-७-१को प्रदर्शन गरे।

शतकीय पारी खेलेका ओपनर शंकर राणा खेलको म्यान अफ द म्याच घोषित भए। क्वार्टरफाइनलमा न्यु होराइजनले नेपाली राइनोजको सामना गर्नेछ। नेपाली राइनोजले यसअघी आफ्नो पहिलो खेलमा एपीएफलाइ हराएको थियो।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.