default_image

10 months ago

August 10, 2023

कर्पाेरेट टि१० इन्डोर क्रिकेट प्रतियोगिता हुने

222 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – शुक्रबारदेखी काठमाडौंमा केएफसी कर्पाेरेट टि१० इन्डोर क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक गेट सेट गेमले प्रतियोगिता शुक्रबारदेखी अर्को शनिबार (११ देखी १९ ) सम्म रोयल इन्डोर गल्फुटारमा हुने जनाएको छ ।

गेट सेट गेमले प्रतियोगिता अघिल्लो दिन नेपाल खेलकुद पत्रकार मन्च (एनएसजेफ) र मिश्रित सेलिबेर्टी ११बीच बिहीबार दुई खेलको टि१० मैत्रीपूर्ण खेल आयोजना गरेको थियो । गेट सेटका प्रबन्ध निर्देशक राज जंग थापाले प्रतियोगिता १० टोली हुने जानकारी दिए ।

प्रतियोगितामा दुई समूहमा बाँडिएको छ । समूह ए मा दराज, डोग्मा ग्रुप, आइएमस ग्रुप, जगदम्बा ग्रुप र केएफसी छन् । समूह बी मा राष्ट्रिय बाणिज्य बैक, तुषाल मन्टीभेन्यू, त्रिभेनी ग्रुप, क्रिएशन र क्लाउडफक्ट्री छन् ।

June 19, 2024

दीपेन्द्र आइसिसी वरियतामा थप माथि उक्लिए

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले विश्व वरियतामा अहिलेसम्मकै उच्च वरियतामा उक्लिएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले हालै जारी गरेको टि‌ ट्वान्टी आईको अलराउन्डरतर्फको वरियतामा दीपेन्द्र छैटौं स्थानमा रहेका छन्। यस अघि उनी नवौं स्थानमा थिए। टि‌ ट्वान्टी आईको अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कस स्टोईनेस उक्लिएका छन् । श्रीलंकाका वानिन्दु […]

June 18, 2024

‘टिम हार्दा कीर्तिमान व्यर्थ लाग्यो’ – सन्दीप

सेन्ट भिन्सेन्ट (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले आइसीसी टि२० विश्वकप अन्तर्गत आइतबार सम्पन्न खेलमा बंगलादेशविरुद्ध आफ्नो टि२०आई करिअरको १ सयौं विकेट लिए । सन्दीपले बंगलादेशविरुद्ध २ विकेट लिँदै करिअरमा १ सय विकेट पूरा गरे । उनले ५४ खेलमा यो उपलब्धि पूरा गरे । उनी ५३ खेलमा १ सय विकेट लिएका […]

June 18, 2024

फर्गुसनको अविश्वसनीय बलिङमा न्युजिल्यान्ड विजयी

एजेन्सी – तीव्र गतिका बलर लोकी फर्गुसनको सानदार बलिङ प्रदर्शनमा न्युजिल्यान्डले आइसीसी टि२० विश्वकप अन्तर्गत समूहको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई पराजित गरेको छ । टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको न्युजिल्यान्डले पिएनजीलाई १९.४ ओभरमा ७८ रनमा अलआउट गर्यो । न्युजिल्यान्डका लागि फर्गुसनले ४ ओभरमा कुनै रन नखर्ची ३ विकेट लिएका थिए । उनी […]

Success

Thank you for your time.