2 years ago
August 11, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेले ग्लोबल टि२० क्यानडामा आफूले अपेक्षा गरे भन्दा धेरै राम्रो प्रदर्शन गरेको बताएका छन् । ग्लोबल खेलेर स्वदेश फर्किएका सन्दीपले आफ्नो प्रदर्शन, दीपेन्द्रसँग खेल्दै आउट गर्दा क्षण, एसिया भारत र पाकिस्तानविरुद्ध खेल्ने लगायत विभिन्न कुरामा आफ्नो भनाई ब्यक्त गरेका छन् ।

सन्दीपले सर्रे जागुअर्सबाट खेल्दै ८ खेलमा ११ विकेट लिएका थिए । प्रतियोगितामा सर्वाधिक विकेट लिने सूचिमा चौथो स्थानमा थिए । ‘ग्लोबल टि२० क्यानडामा राम्रो भयो । एउटा ठिक्कको टिम थियो । त्यसलाई हामीले सन्तुलित बनायौं । सबै खेलाडीको योगदान त्यतिनै राम्रो थियो । मैले ब्यक्तिगत प्रदर्शनको कुरा गर्दा अपेक्षा गरे भन्दा राम्रो भएको थियो’, स्वदेश फर्किएपछि सन्दीपले भने ।
त्यसैमा सन्दीपले थपे, ‘टि२० क्रिकेटमा इकोनमी र विकेट लेग स्पिनरले मुश्किलले गर्ने रहेछ । यो प्रतियोगितामा एकदम राम्रो भयो । मैले जे अपेक्षा राखेको थिए त्यो भन्दा राम्रो भयो ।’
सन्दीपले मिसिसौगा प्यान्थर्सविरुद्ध ४ ओभरमा ६ रन खर्चेर ३ विकेट लिएका थिए । टि२० क्रिकेटमा एक अद्भूत प्रदर्शन थियो । सन्दीपले विकेट अनुसार सहयोग मिलेको बताउँछन् ।
‘त्यो खेलमा पहिला नै तीव्र गतिका बलरले एउटा राम्रो आधार बनाएका थिए । मैले त्यति बेला विकेट लिन भन्दा पनि सकेसम्म ब्याटरलाई रन नदिने रणनीति थियो । विकेटले सहयोग गरेमा त्यसै अनुसार अघि पनि बढ्ने योजना बनाएको थिए । विकेटले साथ पनि दिएको थियो । योजनालाई सके सम्म प्रयास गरेको थिए’, उनले उक्त खेलबारे भने ।

सन्दीपले सर्रेबाट खेल्दा दीपेन्द्रले मोन्टरिएल टाइगर्सबाट खेलेका थिए । लिग र फाइनलमा यी दुई टोली भिडेका थिए । लिगमा सन्दीपले दीपेन्द्रलाई आउट गरेका थिए । दीपेन्द्रसँग खेल्दा एकदमै रमाइलो लागेको बताए ।
‘दीपेन्द्रविरुद्ध खेल्दा एकदमै रमाइलो र गर्व महसुस भएको थियो । नेपालबाट एक जना खेलाडी लिगमा थप हुनु भयो । गएको मात्रै होईन दीपेन्द्रले एकदमै राम्रो प्रदर्शन गरेको छ । हामी पनि दीपेन्द्रसँग त्यहि अपेक्षा गछौं र अन्य खेलाडीसँग पनि त्यस्तै प्रदर्शनको आशा राख्छौं’, उनले भने ।
सन्दीपले आगमी दिनमा अन्य खेलाडीलाई एउटा बाटो खुलेको समेत बताउँछन् । ‘सबैले नेपाली क्रिकेट के हो भन्ने सबैले बुझ्नु भएको छ । अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा दीपेन्द्रले जुन किसिमले ब्याटिङ, बलिङ र फिल्डिङमा राम्रो गरेको छ । धेरै राम्रो पनि गरेको छ । धेरै गर्व महसुस भएको छ । प्रतियोगिता पनि उनीहरुले नै जिते । उसको योगदान एकदमै माथि रह्यो, सन्दीपले भने ।
दीपेन्द्रलाई आउट गरेपछि सन्दीपले सेलेब्रेसन गरेका थिएनन् । ‘मेरो दिप्पीसँग त्यो खेल अघि एउटा राम्रो कुरा भएको थियो । मैले त्यति बेला भनेको पनि थिए । एकदमै राम्रो खेलेका छौं र राम्रो खेल भनेको थिए । मलाई थाहा भएन । तर किन स्वीप हान्न गएर आउट भए । हाम्रोबीचमा रमाइलो क्षण थियो । मैले सेलेब्रेट पनि त्यस्तो खासै गरेको थिएन । विकेट लिँदा त राम्रो लागेको थियो । उसले अन्त्य गरेको भए राम्रो देखिन्थ्यो । यो खेलको कुरा हो’, दीपेन्द्रलाई आउट गर्दाको क्षण बारे सन्दीपले भने ।
एसिया कप बारे थप सन्दीपको भनाई हेर्नुहोस् :
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]