9 years ago
January 16, 2017
सेमिफाइनलसम्म चितवनमा, फाइनल काठमाडौंमा
राकेश तिमल्सिना
चितवन– चितवनमा हरेक वर्ष पुस २ गतेदेखि शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेटको आयोजना हुँदै आएको थियो । तर यस वर्षको माहोल अलि फरक देखियो । सधै जसो यो प्रतियोगिता नेवि संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइ कमिटीको आयोजनामा हुने गर्दथ्यो ।

यसवर्ष क्याम्पसका नेवि संघ अध्यक्ष बचन कार्कीलाई हटाएर जिल्ला कमिटीले अनिल अधिकारीलाई कार्यक्रम संयोजकको जिम्मा दियो । अन्यौलता र आयोजकको आन्तरिक समस्याले प्रतियोगिता पुस १५ गतेबाट सुरु भयो ।
अघिल्लो संस्करणमा १८ वटा टोलीले सहभागिता जनाएको कारण यस वर्षपनि आयोजकको अपेक्षा सोही थियो । तर अपेक्षा विपरीत १२ वटा टोलीकोे मात्र नाम दर्ता भयो । विगतका ३ संस्करणमा निरन्तर उपस्थिती जनाएको चितवनको बालकुमारी र सप्तगण्डकी कलेजले यसवर्ष प्रतियोगितामा नाम समेत दर्ता गराएनन् । गत संस्करणमा अम्पाएरको गलत निर्णयको कारण देखाउँदै प्रतियोगिता वहिष्कार गरेर गएको पोखरापनि यसवर्ष फर्केन ।
सहभागी १२ टोलीले लिगमा २ खेलेपछि समूह विजेताले सिधै सेमिफाइनल खेले । लिगका खेल त जसोतसो सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो । तर रमिता त सेमिफाइनलको खेल भन्दा अगाडि देखियो । प्रतियोगिताको लागि क्रिजमा राखिएको म्याट रातारात हरायो । त्यतिमात्रै होइन कमेन्ट्री बक्स, ब्यानर र मैदानको बाउन्ड्रीसमेत तोडफोड गरिएको थियो ।
म्याट खोज्दै जाने क्रममा आयोजकले तालिम केन्द्र नजिकैको खाडलमा फेला पा¥र्यो । अन्तत : सेमिफाइनल खेल निर्धारित समयमा नै सुरु भयो । सेमिफाइनल बिथोल्ने नियोजित षडयन्त्र बुनेर रातारात यस्ता गतिविधि भएको कार्यक्रम संयोजक अनिल अधिकारीको दाबी छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले खेलेको मैदानमा त्यस किसिमको तलले स्तरको कार्य हुनु लज्जास्पद भएको स्वर्गिय शिव पौडेलकी श्रीमती एवं प्रतियोगिताकी संरक्षक बिनु रायमाझी पौडेलले बताउँछिन् ।

पछिल्लो समय क्रिकेटको छोटो र्फम्याट टि–ट्वान्टी ज्यादै लोकप्रिय खेल बनेको छ । यो खेल जति लोकप्रिय छ त्यति महङगो पनि छ । तर प्रतियोगितालाई नियाल्दा आयोजक पूर्ण रुपमा क्याची इजुकेशन कन्सल्टेन्सीमै निर्भर रह्यो । जो यस प्रतियोगिताको मुख्य प्रयोजक हो । मैदानमा क्याची इजुकेशन कन्सल्टेन्सीको एउटा मात्र ब्यानर थियो ।
सायद त्यही कारणले होला प्रतियोगिता खेल्न आएका खेलाडीहरु पनि आयोजकका व्यवस्थापनप्रति खासै सन्तुष्ट थिएनन् । प्रतियोगिताको निरन्तरताले आयोजकमा निखारता नथपिएको आभाष हुने खेलाडीहरुको प्रतिक्रिया थियो । तर केहीले भने प्रतियोगिता नै नभइरहेको बेला आफुहरुले खेल्न पाउनु नै राम्रो मौका रुपमा हेरेका छन् ।
देशकै ठूलो पार्टी नेपाली काङग्रेसको भातृ संगठन तरुण दल र नेवि संघ गुट–उपगुटमा विभाजित हुदाँ त्यसको प्रत्यक्ष असर यस प्रतियोगितामा पर्यो । प्रतियोगिताको दौरान तरुण दल चितवन र नेवि संघ चितवनबिच समन्वय र तालमेलको निकै कमी देखियो । तमाम अप्ठ्याराका वावजुत प्रतियोगिताको सेमिफाइनल सम्पन्न भइसकेको छ । चौथो संस्करणको रुपमा आयोजित शिव पौडेल स्मृति कप अन्तर कलेज क्रिकेटको फाइनल खेल माघ ६ गतेका लागि सारिएको छ । पूर्व निर्धारित तालिका अनुसार फाइनल पुस २८ गते तोकिएको थियो । मैदान व्यवस्थापन र आन्तरिक तयारीका लागि फाइनल खेल माघ ६ गते सारिएको आयोजकले जनाएको छ । फाइनलमा काठमाडौँका दुई कलेज सीसीआरसी र हर्टल्याण्डबीचको प्रतिस्पर्धा हुनेछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]