2 years ago
August 14, 2023
एजेन्सी – दक्षिण अफ्रिकाले युवा ब्याटर डेवाल्ड ब्रेभिस (बेबी एवि डिभिलियर्स) लाई पहिलो पटक टोलीमा बोलाएको छ । अष्ट्रेलियासँग घरेलु मैदानमा हुने तीन टि२० आई र पाँच ओडिआई खेलको सिरिजको लागि ब्रेभिसलाई दक्षिण अफ्रिकाले पहिलो पटक टोलीमा बोलाएको छ ।

२० वर्षीय ब्रेभिसले दक्षिण अफ्रिका यू१९ टोली, घरेलु क्रिकेट र विश्वका विभिन्न फ्रेन्चाइज लिगमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । उनको खेल्ने शैली ठ्याक्कै पूर्वकप्तान एवी डिभिलियर्ससँग मिल्ने गर्दछन् ।
उनी २०२० को यू१९ विश्वकपमा सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) चुनिएका थिए । ब्रेभिस प्रतियोगितामा ६ खेलमा २ शतक ३ अर्धशतक सहित कुल ५ सय ६ रनका साथ शीर्षस्थानमा रहेका थिए ।
ब्रेभिस एकै यू-१९ विश्वकप इतिहासमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । उनले भारतीय ब्याटर शिखर धवनले २००४ को यू–१९ विश्वकपमा तीन शतकसहित बनाएको ५ सय ५ रनको कीर्तिमान तोडेका थिए ।
ब्रेभिसले बंगलादेशविरुद्ध १ सय ३० बलमा ११ चौका र ७ छक्कासहित १ सय ३८ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए । क्वाटरफाइनलमा इंग्ल्यान्डविरुद्ध उनले ८८ बलमा ९ चौका र ४ छक्कासहित ९७ रनको इनिङ खेलेपनि ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

उनले आयरल्यान्डसँग ९६, युगान्डाविरुद्ध १ सय ४ र भारतविरुद्ध ६५ रनको इनिङ खेल्दै उत्कृष्ट ब्याटिङ गरेका थिए । त्यहीँ उच्च प्रदर्शनको कारण २०२२ को मेघा अक्सनमा मुम्बई इन्डियन्सले उनलाई तीन करोड भारुमा किनेको थियो । उक्त आइपिएलमा उनले विष्फोटक ब्याटिङलाई निरन्तरता दिएका थिए ।
गतवर्ष दक्षिण अफ्रिकाको प्रमुख टि२० प्रतियोगितामा ब्रेभिसले टाइटन्सबाट खेल्दै नाइट्सविरुद्ध ५७ बलमा १३ चौका र १३ छक्कासहित १ सय ६२ रनको शतकीय इनिङ खेलेका थिए ।
जुन दक्षिण अफ्रिका कुनैपनि ब्याटरले टि२० खेलमा खेलेको उच्च प्रदर्शन हो । अघिल्लो महिना उनले दक्षिण अफ्रिकाबाट श्रीलंका ए विरुद्ध ७१ बलमा ६ चौका र ७ छक्कासहित ९८ रनको इनिङ खेलेका थिए । लगातार सानदार प्रदर्शनपछि उनलाई टोलीमा बोलाएको छ । आगमी अक्टोबर नोभेम्बर अघि ब्रेभिसको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

त्यस्तै टि२० आई सिरिजको लागि डोनोभान फरेरा, म्याथ्यु ब्रीट्ज्क र जेराल्ड कोएट्जीलाई टोलीमा समेटेको छ । फरेरा र बीट्ज्क ठूलो सम्भावना बोकेका युवा ब्याटर हुन् । ब्रेभिस, बीट्ज्क र फरेरालाई आगमी दिनमा दक्षिण अफ्रिका ब्याटिङको भविष्य मानिएको छ । जेराल्ड भने तीव्र गतिका बलर हुन् । जेराल्डले दक्षिण अफ्रिकाबाट समान दुई ओडिआई र टेस्ट खेल खेलि सकेका छन् ।
उनले पनि दक्षिण अफ्रिका ए, घरेलु क्रिकेट र फ्रेन्चाइज लिगमा सानदार प्रदर्शन गर्दै आएका छन् । टि२० आई सिरिजको लागि दक्षिण अफ्रिकाले कागिसो रबाडा, हेनरिक क्लासेन, क्विन्टन डि कक र एनरिच नोर्कियालाई विश्राम दिने निर्णय लिएको छ ।
अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच पहिलो टि२० आई खेल ३० अगष्ट, दोस्रो खेल सेप्टेम्बर १ र तेस्रो खेल सेप्टेम्बर ३ मा हुनेछ । पाँच ओडिआई खेलको सिरिज ७, ९, १२, १५ र १७ सेप्टेम्बरमा हुनेछ । ओडिआई सिरिज विश्वकपको लागि टिम छनोटमा निकै महत्वपूर्ण हुनेछ ।
दक्षिण अफ्रिका टि२० टोली :
एडेन माक्ररम (कप्तान), टेम्बा बभुमा, म्याथ्यु ब्रीट्ज्क, डेवाल्ड ब्रेभिस, जेराल्ड कोट्जी, डोनोभान फेरेरा, ब्यूर्जोन फोर्टुइन, रिजा हेन्ड्रिक्स, मार्को यानसन, सिसान्डा मगला, केशव महाराज, लुन्गी एनगिडी, तबरेज शाम्सी, ट्रिस्टन स्टुब्स, लिजाड विलिम्यस र रास्सी भान डर डुसेन ।
दक्षिण अफ्रिका ओडिआई टोली :
टेम्बा बभुमा (कप्तान), डेवाल्ड ब्रेभिस, जेराल्ड कोएट्जी, क्विन्टन डि कक, ब्यूर्जोन फोटुइन, रिजा हेनड्रिक्स, मार्को यानसन, हेनरिक क्लासेन, सिसान्डा मगाला, केशव महाराज, एडेन माक्ररम, डेविड मिलर, लुन्गी एनगिडी, एनरिच नोर्किया, तबरेज शाम्सी, वेन पार्नेल, कागिसो रबाडा, ट्रिस्टन स्टुब्स र रास्सी भान डर डुसेन ।
ब्रेभिसको पुरा क्रिकेट जिवनी पढ्नुहोस् : डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]