2 years ago
August 16, 2023
एजेन्सी – इंग्ल्यान्डका बाउन्सर किंग जोफ्रा आर्चरले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप गुमाउने भएका छन् । इंग्ल्यान्डका छनोटकर्ता ल्यूक राइटले जोफ्रा आर्चर २०२३ को विश्वकप छनोटको लागि उपलब्ध नभएको जनाएका छन् ।

आर्चर भारतमा वैकल्पिक खेलाडीको रुपमा रहने राइटले बताएका छन् । इंग्ल्यान्डलाई २०१९ को एकदिवसीय विश्वकप उपाधि जिताउन जोफ्रा आर्चरले सानदार प्रदर्शन गरेका थिए । आर्चर लामो समयपछि गत जुनमा मात्रै टोलीमा फर्किएका थिए ।
दायाँ हातको कुइनोमा चोट लागेपछि डेढ वर्ष मैदान बाहिर रहनु परेको थियो । गत वर्ष आइपिएल मेगा अक्सनमा मुम्बईले आर्चरलाई ८ करोड भारुमा किनेको थियो । उनी त्यो सिजन खेलेका थिएनन् ।
यस सिजनको आइपिएलमा पाँच खेल खेलेर घर फर्किएका थिए । त्यसअघि उनले गत मार्चमा बंगलादेशविरुद्ध ओडिआई र टि२० आई खेलको सिरिज समेत खेलेका थिए ।
सन् २०१९ मा इंग्ल्यान्डलाई एकदिवसिय विश्वकप जिताउन आर्चरको प्रदर्शन सानदार थियो । न्युजिल्यान्डलाई सुपर ओभरमा बराबरीमा रोक्दै बाउन्ड्री काउन्टको आधारमा विश्वकप जिताउन आर्चर नायक बनेका थिए ।

विश्वकप प्रतियोगिताभर उत्कृष्ट बलिङका साथ ११ खेलमा २० विकेट लिएका थिए । आर्चर नहुने भएपछि इंग्ल्यान्डले ओडिआईमा गस एटकिन्सनलाई टोलीमा पहिलो पटक बोलाएको छ ।
उनले घरेलु क्रिकेटमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । मार्क वुड, रिस टोप्ली, क्रिस वोक्स, डेविड विल्ली, साम करन र गस एटकिन्सन तीव्र गतिका बलरको रुपमा छन् ।
इंग्ल्यान्डले आगमी महिना न्युजिल्यान्डसँग हुने चार ओडिआई खेलको लागि ओडिआई टोली घोषणा गरेको छ । जसमा गत जुलाईमा ओडिआईबाट सन्न्यास लिएका बेन स्टोक्स टोलीमा फर्किएका छन् । कप्तान जस बटलर र प्रशिक्षक म्याथ्यु मटको आग्रहमा उनी विश्वकप खेल्न टोलीमा फर्किएका हुन् ।
यो पनि : स्टोक्स इंग्ल्यान्डको ओडिआई टोलीमा
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]