default_image

2 years ago

August 18, 2023

बुमराहको कप्तानीमा भारतले आयरल्यान्डविरुद्ध खेल्दै

853 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर जस्प्रित बुमराहको कप्तानीमा भारतले पहिलो टि२० आई खेलमा आज घरेलु टोली आयरल्यान्डविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार राती ७ः ४५ मा डब्लिनमा सुरु हुनेछ । आयरल्यान्डको पल स्टर्लिङ र भारतको जस्प्रित बुमराहले कप्तानी गर्नेछन् ।

बुमराह भारतीय टोलीमा २०२२ जुलाईमा इंग्ल्यान्ड भ्रमणपछि पहिलो पटक फर्किएका छन् । ब्याक इन्जुरीको कारण लामो समय मैदान बाहिर भएका बुमराहलाई एसिया कप र विश्वकप अघि आयरल्यान्ड सिरिज निकै महत्वपूर्ण हुनेछ । भारत आयरल्यान्डको सिरिजबाट बुमराहको पूनरागमन र लय दुबै चाहन्छ ।

भारतले आयरल्यान्ड भ्रमणमा दोस्रो रोजाईको टोली पठाएको छ । यशस्वी जैसवाल र ऋतुराज गायकवाडले ओपनिङ गर्ने सम्भावना छ । यी दुबै ब्याटर भारतीय क्रिकेटका भविष्य हुन् । सन्जु स्यामसन र तिलक बर्माको लागि आयरल्यान्ड सिरिज निकै महत्वपूर्णछ ।

एसिया कप र विश्वकपमा स्थान बनाउन सन्जुलाई सामान्य प्रदर्शनले हुने छैन । वेस्टइन्डिजविरुद्ध यसै साता उनको प्रदर्शनले विश्वकपमा स्थान कठिन बनाएको छ । आइपिएलमा सानदार प्रदर्शन गरेका रिंकु सिंहले डेब्यू गर्ने सम्भावना छ । रिंकु फिनिसरको रुपमा खेल्नेछन् ।

शिबम दुबे पनि सानदार पूनरागमन चाहन्छन् । जस्प्रित बुमराह, अर्शदीप सिंह र मुकेश कुमार पहिलो रोजाईको तीव्र गतिको बलरमा खेल्ने सम्भावना छ । स्पिनरमा वासिन्टन सुन्दर र रवि विश्रोई नहुनेछ ।

आयरल्यान्ड आफ्नो घरेलु मैदानको भरपूर्ण फाइदा लिँदै भारतलाई स्तब्ध पार्न चाहन्छ । गतवर्ष भारतविरुद्ध राम्रो प्रदर्शन गरेपनि जित निकाल्न सकेको थिएन । ओपनर पल स्टर्लिङ आयरल्यान्डका प्रमुख ब्याटर हुन् । स्टर्लिङले कप्तानी गर्दैछन् ।

विश्वकप छनोटमा खराब प्रदर्शनपछि एन्डी बालबर्नीले कप्तानबाट राजीनामा दिएका थिए । स्टर्लिङ, लोर्कान टकर र ह्यारी टेक्टर आयरल्यान्डका प्रमुख ब्याटर हुन् । गतवर्ष ह्यारी टेक्टरले भारतविरुद्ध सानदार प्रदर्शन गरेका थिए ।

पछिल्लो समय राम्रो लयमा रहेका जर्ज डोकरेल र कर्टिस क्याम्फर भारतलाई निराश बनाउन सक्ने खुबी भएका खेलाडी हुन् । आइपिएलमा गुजरात टाइटन्सबाट खेलेपछि प्रमुख बलर जोश लिटिलको प्रदर्शन राम्रो छैन ।

उनलाई राम्रो प्रदर्शनको दबाब छ । क्रेग योंग, लिटिल र फिन ह्यान्ड प्रमुख तीव्र गतिका बलर हुन् । भारत र आयरल्यान्डबीच तीन टि२० आई खेलको सिरिज हुनेछ । दोस्रो खेल आइतबार र तेस्रो खेल बुधबार हुनेछ ।

भारत र आयरल्यान्डबीच पाँच टि२० आई खेल भएको छ । सबै खेलमा भारत विजयी भएको छ । गतवर्ष जुनमा आयरल्यान्डले २ सय २६ रनको विशाल विजयी लक्ष्य पछ्याउनेक्रममा २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.