2 years ago
August 19, 2023
एजेन्सी – नेपालले दुई साता पछि एसिया कपमा घरेलु टोली पाकिस्तान र भारतसँग खेल्दैछ । नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट स्टेडियममा भदौ १३ (आगष्ट ३०) मा हुनेछ । भारतसँगको खेल भने श्रीलंकामा हुनेछ ।

भदौं १८ (सेप्टेम्बर) ४ मा नेपालले श्रीलंकाको कान्डीमा भारतसँग खेल्नेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक भारत र पाकिस्तानसँग खेल्न लागेको हो ।
पाकिस्तान क्रिकेट बोर्डले एसिया कपको लागि टिकट मूल्य निर्धारण गरि सकेको छ । अधिकाम्स टिकट सम्पन्न भएका छन् । नेपालले खेल्ने पाकिस्तानसँगको टिकट मूल्य सस्तो हुँदा भारतसँग भने तुलनात्मक रुपमा महँगोछ ।
पाकिस्तानले नेपालसँगको खेलको लागि ८ र भारतसँगको लागि ६ स्थान अनुसार टिकट मूल्य सार्वजनिक गरेको छ । पाकिस्तानसँगको खेलमा चार स्थानको टिकट मूल्य सकिएको छ ।
पाकिस्तानले फजल मोहम्मद भिआईपी स्थानको लागि १६.९७ डलर (२३ सय नेपाली रुपैयाँ) राखेको छ । वासिम अक्रम स्थानको लागि ३.३९ डलर(५ सय) रुपैयाँ राखेको थियो । अक्रम टिकट सबै सकिएका छन् ।
इलाही दाजुभाइ स्थानमा बसेर हेर्न ३.३९ डलर मूल्य राख्दा सबै टिकट बुक भई सकेका छन् । जाहिर अब्बास स्थानको लागि ८.४८ ( १२ सय रुपैयाँ) राखेको छ । मुश्ताक अहमद टिकट २.३८ डलर (३ सय रुपैयाँ) राख्दा सबै टिकट सकिएका छन् ।
हनिफ मोम्मद टिकट २.३८ डलर हुँदा त्यो स्थानको पनि सबै सकिएका छन् । इमरान खान भिआइपी टिकटको मूल्य १६.९७ डलर राख्दा ४ सय ९० सिट मात्रै बाँकी छन् । पाकिस्तानसँग खेलमा अव चार स्थानमा ३४ सय १२ टिकट बिक्री हुन बाँकी छन् ।
भारतसँगको खेलमा भने १० डलर (१३ सय ५० नेपाली रुपैयाँ) का झण्डै १६ सय टिकट बाँकी छन् । नेपाल र भारतसँगको खेल हेर्न तोकिएको ४० डलर (झण्डै ५५ सय) र ५० डलर (झण्डै ७ हजार) का सबै टिकट सकिएका छन् । नेपाल र भारतबीच हुने खेलको सर्वाधिक महँगो टिकट बिक्रिमा राखेको सबै सकिएका छन् ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]