default_image

2 years ago

August 20, 2023

एसिया कपमा सानदार प्रदर्शन गर्न सक्ने ६ स्पिनर

9646 views

0 Bookmark

एजेन्सी – एसिया कप आगमी अगष्ट ३० देखी पाकिस्तान र श्रीलंकामा हुँदैछ । नेपाल बाहेक अन्य पाँच टोलीलाई एसिया कप आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपको अन्तिम तयारी हुनेछ ।

नेपालले पहिलो पटक एसिया कप खेल्दैछ । अन्य देशले उपाधि र विश्वकपको तयारी गर्दा नेपालले आफ्नो क्रिकेट विश्वलाई देखाउन चाहन्छ । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बरसम्म हुनेछ । समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।

एसियाका मैदान स्पिनर सहयोगी मानिन्छ । त्यसैले एसिया कपमा स्पिनरहरु हाबी हुन सक्छन् । वर्तमान विश्व क्रिकेटका चार लेग स्पिनर एसिया कपका प्रमुख हतियार समेत हुन् । एसिया कप खेल्ने सबै टोलीका प्रमुख यी ६ स्पिनर जसले प्रतियोगितामा सानदार प्रदर्शन गर्न सक्छन् ।

६.सन्दीप लामिछाने – नेपाल

लेग स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विग ब्यास लिगसम्म खेलेका सन्दीपलाई विश्व स्टारविरुद्ध खेलेको राम्रो अनुभव छ ।

त्यो अनुभव उनले एसिया कपमा देखाउनु पर्ने हुन्छ । सन्दीप ओडिआई इतिहासमा सर्वाधिक छिटो १ सय विकेट लिने खेलाडी हुन् । सन्दीपले अफगानिस्तानका राशिद खानको ४४ खेलको कीर्तिमान तोड्दै ४२ खेलमा उक्त सफलता हात पारेका थिए ।

२३ वर्षीय सन्दीपले ४९ ओडिआई खेलमा १ सय ११ विकेट लिएका छन् । सन्दीप लेगस्पिन र गुगलीका लागि चिनिन्छन् । अर्कोतर्फ आइपिएल लगायत विश्व चर्चित विदेशी फ्रेन्चाइज लिगमा फर्किन सन्दीपलाई एसिया कपमा भारत र पाकिस्तानविरुद्ध राम्रो प्रदर्शन गर्नुपर्ने दबाब पनि हुनेछ । सन्दीपले ग्लोबल टि२० क्यानडामा राम्रो प्रदर्शन गर्दै उत्कृष्ट लयको सम्भावना पनि देखाएका छन् ।

५.शादब खान – पाकिस्तान

पाकिस्तानका उप–कप्तान शादब खानबाट टोली उत्कृष्ट प्रदर्शन चाहन्छ । २४ वर्षीय लेग स्पिनर शादबले पाकिस्तानको टोलीबाट २०१७ देखी लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आफ्नो अनुभवको फाइदा उठाउँदै सानदार प्रदर्शन गर्न सक्छन् । उपकप्तान हुँदा जिम्मेवारी पनि बढी हुनेछ ।

उनले पाकिस्तानबाट ६ टेस्ट, ५६ ओडिआई र ९२ टि२० आई खेल खेलेका छन् । टेस्टमा १४, ओडिआईमा ७३ र टि२० आईमा १ सय ४ विकेट लिएका छन् । उनीसँग दबाबमा खेल्ने राम्रो बानीछ । एसिया कपमा सानदार प्रदर्शन गर्न सक्छन् ।

४.मेहेदी हसन मिराज– बंगलादेश

अफस्पिनर मेहेदी हसन मिराज एसिया कपमा सानदार प्रदर्शन गर्ने सक्ने युवा खेलाडी हुन् । बंगलादेशबाट उनले लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । २५ वर्षीय उनीसँग ३९ टेस्ट, ७७ ओडिआई र २५ टि२० आईको अनुभव छ । उनले टेस्टमा १ सय ५१, ओडिआईमा ८८ र टि२० आईमा १३ विकेट लिएका छन् ।

गत डिसेम्बरमा भारतविरुद्ध तीन ओडिआई खेलको सिरिज २-१ ले जिताउन सानदार प्रदर्शन गरेका थिए । पहिलो खेलमा ३८ रन बनाउनुको साथै १ विकेट लिएका थिए । दोस्रो खेलमा १ सय रन बनाउनुको साथै दुई विकेट लिएका थिए । मिराजले तल्लोक्रममा राम्रो ब्याटिङको क्षमता राख्छन् ।

३.कुलदीप यादव – भारत

भारतीय स्पिनर कुलदीप यादव राम्रो लयमा छन् । च्याइनाम्यान स्पिनर कुलदीपको बल खेल्न विपक्षी ब्याटरलाई सहज हुने छैन । दुई साता अघि कुलदीपले वेस्टइन्डिज भ्रमणमा सानदार प्रदर्शन गरेका थिए । कुलदीप ब्याटरको कमजोरी अनुसार बलिङ गर्ने क्षमता राख्छन् ।

उपाधिको प्रमुख टोली भारतमा थुप्रै स्टार खेलाडी छन् । उनी बिना दबाब खुलेर बलिङ गर्ने गर्दछन् । भारतीय टोलीमा उनले लामो समयपछि पुनरागमन गरेका हुन् ।

निरन्तर भारतीय टोलीमा स्थान बनाउन उनलाई उत्कृष्ट प्रदर्शनको दबाब समेत हुनेछ । भारतीय र आइपिएलको राम्रो अनुभव छ । उनले ८ टेस्ट, ८४ ओडिआई र ३२ टि२० आई खेल खेलेका छन् ।

२.वानिन्दु हसरंगा– श्रीलंका

श्रीलंकाका स्पिनर वानिन्दु हसरंगाले विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । श्रीलंकालाई विश्वकप छनोटको उपाधि जिताउँदै विश्वकपमा पुर्याउन हसरंगाले सानदार प्रदर्शन गरेका थिए ।

लंका प्रिमियर लिगमा वानिन्दुले ब्याटिङ र बलिङ दुबैमा सानदार प्रदर्शनक साथ शीर्ष स्थानमा छन् । हरंगासँग बलिङमा थुप्रै भेरियसन छन् । जसको कारण उनले ब्याटर र कन्डिसन अनुसार बलिङ गर्ने गर्दछन् । त्यसैको कारण विपक्षी ब्याटरमाथि उनी हाबी हुँदै आएका छन् ।

२६ वर्षीय हसरंगा आफ्नो उच्च लयलाई निरन्तरता दिँदै श्रीलंकालाई उपाधि जिताउन चाहन्छन् । गतवर्ष टि२० एसिया कपको उपाधि जिताउन हसरंगाको प्रदर्शन महत्वपूर्ण थियो ।

१.राशिद खान – अफगानिस्तान

राशिद खान वर्तमान समयका विश्व क्रिकेटका उत्कृष्ट लेग स्पिनर हुन् । उनले अफगानिस्तानको टोली र फ्रेन्चाइज लिग दुबैमा सानदार प्रदर्शन गर्दै आएका छन् ।

उनको बल खेल्न विश्व स्टारलाई पनि सहज हुदैन । लेग स्पिनसँगै क्विक बल गर्ने हुँदा ब्याटरलाई उनको बल रिड गर्न कठिन पर्ने गर्दछ । २४ वर्षीय अफगानी खानले ८९ ओडिआई खेलमा १ सय ६७ विकेट लिएका छन् ।

८२ टि२० आई खेलमा १ सय ३० विकेट लिएका छन् । एसिया कपमा पनि राशिद खान हाबी हुनसक्छन् ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.