default_image

2 years ago

August 21, 2023

कान्डीलाई एलपिएलको उपाधि

259 views

0 Bookmark

एजेन्सी – बी लव कान्डीले लंका प्रिमियर लिग (एलपिएल) २०२३ को फाइनलमा डम्बुला आरालाई पाँच विकेटले हराउँदै उपाधि जितेको छ ।

जितको लागि १ सय ४८ रनको विजयी लक्ष्य पछ्याएको कान्डीले १९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान एन्जिलो म्याथ्युजले २१ बलमा ३ चौकासहित २५ रनको प्लेयर अफ द म्याच प्रदर्शन गरे ।

कामिन्दु मेन्डिस ३७ बलमा ३ चौका र १ छक्कासहित ४४, मोहम्मद हरिस २६, दीनेश चान्डिमल २४ र आसिफ अली १९ रनमा आउट भए ।

डम्बुलाका स्पिनर नुर अहमदले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । तीव्र गतिका बलर बिनुरा फ्रेनान्डोले ४ ओभरमा ३१ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको डम्बुलाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो ।

उसका लागि धनन्जय डि सिल्भाले २९ बलमा ३ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । सदिरा समाराविक्रमा ३० बलमा ५ चौकासहित ३६, कुशल मेन्डिस २२, अविष्का फ्रेनान्डो ५ र कुशल परेराले ३१ रन बनाए ।

कान्डीका लागि चतुरांगा डी सिल्भाले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । नुवान प्रदीप र मोहम्मद हसनैनले समान एक विकेट लिए ।

चोटका कारण वानिन्दु हसरंगा फाइनल खेलेका थिएनन् । उनले सर्वोत्कृष्टसहित उत्कृष्ट बलर र ब्याटर दुबै अवार्ड जिते । उनले प्रतियोगिताभर १० खेलमा २ सय ७९ रन बनाउनुको साथै १९ विकेट लिएका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.