2 years ago
August 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका प्रमुख खेलाडी सन्दीप लामिछाने दुई सातापछि पाकिस्तान र श्रीलंकामा हुने एसिया कपको लागि नेपालको बन्द प्रशिक्षणमा अनुपस्थित भएका छन् ।

मुख्य प्रशिक्षक मोन्टी देशाई आइतबार नेपाल आएपछि नेपालले बन्द प्रशिक्षण सुरु गरेको थियो । आइतबार र सोमबार दुबै दिन सन्दीप प्रशिक्षणमा थिएनन् । नेपालले आइतबार टियु मैदानमा अभ्यास गरेको थियो । सोमबार भने वर्षाको कारण टोलीले इन्डोरमा प्रशिक्षण गरेको थियो ।
सोमबार तीव्र गतिका बलरले जिम गर्दा ब्याटर र स्पिनरले इन्डोरमा अभ्यास गरेका थिए । तर सन्दीप भने प्रशिक्षणमा थिएनन् । सन्दीप एसिया कपमा जाने वा नजाने प्रष्ट भएको छैन । एक वर्षदेखी १७ वर्षीय बालिका बलात्कार गरेको अरोप खेपेका सन्दीपको सर्वोच्च अद्धालतमा पुन मुद्धा चलेको छ ।
नेपालका कप्तान रोहित पौडेलले यदि कुनै खेलाडी एसिया कपमा जान नसके ब्याकअप तयार भएको बताए । ‘सबै जना छन् । यदि कोही गएन भने अरु पनि तयार हुनुपर्छ । विश्वकप लिग-२ देखी नै हामीले एक अर्काको ब्याकअप राख्दै आएका छौं । आशा गरौं त्यस्तो अवस्था नआउला । यदि आएमा सबै जना तयार छौं’, कप्तान रोहितले भने ।
सन्दीप दुई साता अघि ग्लोबल टि२० क्यानडा खेलेर स्वदेश फर्किएपछि अभ्यास थालेका थिए । एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ । नेपाली टोली एक सता अघि नै पाकिस्तान जादैछ । नेपाली टोली बुधबार पाकिस्तान जानेछ ।
नेपालको एसिया कप खेल्ने टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]