9 years ago
January 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – शरद भेषवाकरकाे कप्तानीमा रहेको नेपाली राइनोज न्यु हाेरार्इजनसँग ८ रनले पराजित हुँदै प्रतियोगिताको क्वाटर फाइनलबाट बाहिरिएको छ ।

बलिङमा राम्रो प्रदर्शन गरे पनि भेषवाकरकाे ब्याट नचले पछि राइनोजले हारको सामना गरेको हो । टस जितेर पहिले ब्याटिङ रोजेको हाेरार्इजले १९.१ ओभरमा सबै विकेट गुमाउदै १०४ रन बनाएको थियो । कप्तान शरद भेषवाकर र सुशिल कडेलले समान ३-३ विकेट लिएका थिए ।
जवाफमा १०५ रनको सानो लक्ष्य पछ्याएको नेपाली राइनोज निर्धारित २० ओभरमा ९ विकेत गुमाउदै ८ रनले चुक्यो । सुरुवाती रोजाइका ब्याट्सम्यानले राम्रो खेल्न नसक्दा राइनोजले भेषवाकरलाई १ रनमा गुमाउदा २९-७ को अवस्था थियो । पछील्लो क्रमका ब्याट्सम्यान सोनु तामङ र शिव तुलाधरले राइनोसको आशा जोगाएपनी राइनोज ८ रनले पराजित भयो । तामाङले २४ बलको सामना गर्दै २७ रन जोडेका थिए भने तुलाधरले १४ बलमा १९ रनको योगदान दिए । ४ ओभरमा ९ रन मात्र खर्चिदै ३ विकेट लिएका हाेरार्इजका कृष्ण कार्की म्यान अफ द म्याच भए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]