default_image

9 years ago

January 15, 2017

रुस्लान क्रिकेटमा एसपीएको लगातार जित

175 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी रुस्लान टि-२० क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबार भएको चौथो क्वार्टरफाइनलमा एसपीएले रुस्लान केसिटिसीलाइ ४६ रनले पराजित गरेको छ।

ruslan-1-200x300

टस जितेर पहिलो ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउदै १ सय ६० रन  बनायो। उसका लागि कप्तान राजबिर सिंहले ६२ रन बनाएका थिए। उनले ४३ बलमा आठ चौका प्रहार गर्दै टोलिलाई मजबुत स्थितिमा पुर्याए। खेलको पहिलो बलमै नन-स्ट्राइकर एण्डमा रहेका विजय राणालाइ गुमाएको एसपीएले चौथो विकेटको लागि ७९ रनको साझेदारी पाएको थियो। आयोजक केसिटिसीका सुमित झा र सुर्य लामाले २-२ विकेट लिए।

१ सय ६१ रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको आयोजकका लागि ओपनर सुमित महर्जनले ४१(३८) रनको योगदान दिएपनि अन्य ब्याट्सम्यानले साथ नदिदा ११४ रन मात्र जोड्न सक्यो। एसपीएका बिनोद लामाले बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै चार ओभरमा १२ रन खर्चेर तिन विकेट लिए। ९ विकेट पतन भएको केसिटिसीक अन्य तिन ब्याट्सम्यानले मात्र दोहोरो अंक छोए।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.