default_image

2 years ago

August 24, 2023

गुरबाजको सानदार शतकमा पाकिस्तानलाई बलियो लक्ष्य

3456 views

0 Bookmark

एजेन्सी – ओपनर रहमानउल्लाह गुरबाजको सानदार शातकमा अफगानिस्तानले दोस्रो ओडिआई खेलमा पाकिस्तानलाई ३ सय १ रनको बलियो लक्ष्य दिएको छ । श्रीलंकाको हम्बान्टोतामा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय रन बनायो ।

पहिलो खेलमा मात्रै ५९ रनमा अल आउट भएको अफगानिस्तानलाई बलियो योगफलमा पुर्याउन ओपनर रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले दोहोरो शतकीय साझेदारी गरेका थिए ।

गुरबाजले १ सय ५१ बलमा १४ चौका र ३ छक्कासहित सर्वाधिक १ सय ५१ रनको शतकीय इनिङ खेले । यो उनको ओडिआइ करिअरको पाँचौ र उत्कृष्ट प्रदर्शन हो ।

यसअघि उनको ओडिआईमा उच्च प्रदर्शन गत जुलाईमा बंगलादेशविरुद्ध १ सय ४५ रन थियो । अफगानिस्तानबाट इब्राहिम जद्रानले गतवर्ष नोभेम्बरमा श्रीलंकाविरुद्ध खेलेको १ सय ६२ रनको इनिङ पछि यो उच्च इनिङ हो ।

पहिलो विकेटका लागी रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले ३९।५ ओभरमा २ सय २७ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । इब्राहिम जद्रान १ सय १ बलमा ६ चौका र २ छक्कासहित ८० रनमा आउट भए ।

यो अफगानिस्तानबाट कुनैपनि विकेटका लागि दोस्रो उच्च साझेदारी हो । अफगानिस्तानबाट ओडिआईमा उच्च साझेदारी यी दुई ब्याटरले नै पहिलो विकेटका लागि यसै वर्ष बंगलादेशविारुद्ध २ सय ५६ रनको साझेदारी गरेका थिए ।

स्पिनर उस्मा मिरले जद्रानलाई इफ्तिखर अहमदबाट क्याच गराउँदै साझेदारी तोडेका थिए । गुरबाज शाहिन शाह अफ्रिदीको ४४ औं ओभरको दोस्रो बलमा विकेटकिपर मोहम्मद रिजवानबाट क्याच आउट हुन पुगे ।

यी दुई ब्याटर बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न गर्न नक्दा विशाल योगफल खडा गर्न चुकेको थियो । मोहम्मद नाबी २९, राशिद खान २, शाहिदुल्लाह १ रनमा आउट भए । कप्तान हश्मातुल्लाह शाहिदी १५ रनमा नटआउट रहे ।

पाकिस्तानका शाहिन शाह अफ्रिदीले १० ओभरमा ५८ रन खर्चेर २ विकेट लिए । नसिम शाह र उस्मा मिरले एक एक विकेट लिए । तीन खेलको ओडिआई सिरिजमा पाकिस्तान १-० ले अघि छ । पहिलो खेलमा पाकिस्तान १ सय ४२ रनले विजयी भएको थियो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.