default_image

2 years ago

August 30, 2023

पाकिस्तानविरुद्ध नेपाल : प्लेयर्स टु वाच

3551 views

0 Bookmark

काठमाडौ (हाम्रो खेलकुद) – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज पाकिस्तानसँग खेल्दैछ । घरेलु टोली पाकिस्तान र नेपालबीचको खेल दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा हुनेछ । नेपालको कप्तानी रोहित पौडेल र पाकिस्तानको बाबर आजमले गर्नेछन् ।

नेपाल एसिया कपमा डेब्यू गर्ने हुँदा निकै उत्साहित छ । पाकिस्तान घरेलु मैदानमा जितका साथ विजयी सुरुवात गर्न चाहन्छ । नेपालले पहिलो पटक पाकिस्तानसँग खेल्दैछ । विश्व ओडिआई वरियता शीर्षस्थानमा रहेको पाकिस्तानविरुद्ध नेपालको लक्ष्य उत्कृष्ट क्रिकेट खेल्ने हुन्छ ।

क्रिकेटमा प्रमुख खेलाडीको प्रदर्शन सधैं महत्वपूर्ण हुन्छ । प्रमुख टोलीको उच्च प्रदर्शनमा टोलीले सहज जित हात पार्न सक्छन् । प्रमुख खेलाडीको प्रदर्शन कमजोर हुँदा अन्य खेलाडीको मनोबलमा समेत असर पर्नसक्छ । नेपाल र पाकिस्तानबीचको ऐतिहासिक खेलमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने दुबै टोलीका प्रमुख तीन खेलाडी र उनीहरुको बारे जानकारी यस प्रकार छ ।

रोहित पौडेल (कप्तान)

रोहित पौडेल नेपालका प्रमुख ब्याटर हुन् । नेपालबाट ओडिआईमा सर्वाधिक ५२ खेलमा १ शतक र ८ अर्धशतकसहित कुल १४ सय ६९ रन बनाएका छन् । २०२२ मा रोहितले पपुवा न्युगिनीविरुद्ध १ सय २६ रनको शतकीय इनिङ खेलेका थिए ।

कुनैपनि नेपाली ब्याटरले अन्तर्राष्ट्रिय क्रिकेटमा गरेको उच्च प्रदर्शन हो । रोहित नेपालका भरपर्दा ब्याटर हुन् । चौथो नम्बरमा ब्याटिङ गर्ने उनी दबाबमा पनि राम्रो ब्याटिङको क्षमता राख्छन् । पाकिस्तानविरुद्ध नेपालको लागि उनको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ ।

बाबर आजम (कप्तान)

पाकिस्तानका कप्तान बाबर आजम वर्तमान समयका विश्व क्रिकेटका उत्कृष्ट ब्याटर हुन् । ओडिआई विश्व वरियताका शीर्षस्थानका ब्याटर बाबर पाकिस्तानका ब्याटिङका खम्बा हुन् ।

तेस्रो नम्बरमा ब्याटिङ गर्ने बाबर कभर ड्राइभका लागि चर्चित ब्याटर हुन् । विश्वस्तरिय बलरविरुद्ध विश्व क्रिकेटमा लगातार सानदार प्रदर्शन गर्दै आएका बाबर नेपालविरुद्ध हाबी हुनसक्छन् ।

उनको विकेट लिन कुनैपनि नेपाली बलरलाई सहज हुनेछैन । २८ वर्षीय बाबरले १ सय ३ ओडिआई खेलमा १८ शतक र २८ अर्धशतकसहित कुल ५ हजार २ सय २ रन बनाएका छन् ।

सन्दीप लामिछाने (बलर)

सन्दीप लामिछाने नेपालका प्रमुख बलर हुन् । लेगस्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) देखी विश्वका सबै चर्चित विदेशी लिग खेलेका छन् । विदेशी लिगमा सन्दीपले पाकिस्तानका सबै खेलाडीसँग खेलेको अनुभव छ ।

ओडिआई क्रिकेटमा सर्वाधिक छिटो ४२ खेलमा एक सय विकेट लिने विश्व कीर्तिमान बनाएका सन्दीपबाट नेपालले ठूलो अपेक्षा गर्नेछ । जादुमयी नतिजा हात पार्न सन्दीपले उत्कृष्ट क्रिकेट खेल्नुपर्ने हुन्छ ।

विश्वस्तरिय खेलाडीविरुद्ध खेलेको अनुभव हुँदा सन्दीप खेलमा हाबी हुनसक्छन् । सन्दीपले ४९ ओडिआई खेलमा १ सय ११ विकेट लिएका छन् । सन्दीपले दुई पटक ओडिआईमा ६–६ विकेट लिएका छन् ।

शादब खान (अलराउन्डर)

उपकप्तान शादब खान पाकिस्तानका प्रमुख अलराउन्डर हुन् । स्पिन बलिङ गर्ने शादब तल्लोक्रममा ब्याटिङ गर्ने गर्दछन् । शादब भरपर्दा खेलाडी हुन् । उनको अलराउन्ड प्रदर्शनमा पाकिस्तानले सहज जित हात पार्न सक्छ ।

२४ वर्षीय शादबले ५९ ओडिआई खेलमा ७ सय २१ रन बनाउनुको साथै ७७ विकेट लिएका छन् । शादब पाकिस्तानका उत्कृष्ट फिल्डर समेत हुन् । उनले फिल्डिङ मार्फत पनि खेललाई मोड्न सक्ने क्षमता राख्छन् ।

दीपेन्द्रसिंह ऐरी (अलराउन्डर)

नेपालका ३ड्रि क्रिकेटर दीपेन्द्रसिंह ऐरी खेलमा प्रभाव जमाउन सक्ने खेलाडी हुन् । दीपेन्द्र ब्याटिङ, फिल्डिङ र बलिङ कुनैपनि क्षेत्रबाट टोलीलाई योगदान दिनसक्छन् । दीपेन्द्रले नेपाली टोलीमा फिनिसरको जिम्मेवारी पाएका छन् । विश्वकप छनोटमा युएईलाई हराउन दीपेन्द्रले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

अफ स्पिनर दीपेन्द्रले बलिङमा पनि त्यतिनै राम्रो योगदान दिदै आएका छन् । हालै दीपेन्द्रले क्यानडा प्रिमियर लिगमा विश्वस्तरिय खेलाडीसँग खेल्दै मोन्टीरिय टाइगर्सलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेका थिए । क्यानडा लिग खेलेर फर्किएको हुँदा मनोबल झनै उच्च छ । दीपेन्द्रले पनि खेलमा प्रभाव जमाउन सक्छन् ।

शाहिन शाह अफ्रिदी (बलर)

बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी वर्तमान विश्व क्रिकेटका उत्कृष्ट बलर हुन् । उनको बलमा गती, स्वींग र बाउन्स छ ।

प्रतिघण्टा १ सय ५० किलोमिटरको गतिमा बलिङ गर्ने उनको गती खेल्न नेपाली ब्याटरलाई कठिन पर्नसक्छ । विश्वस्तरिय ब्याटरलाई लगातार निराश बनाउँदै आएका छन् । पछिल्लो पाँच वर्षयता पाकिस्तानको टोलीमा उनले सानदार प्रदर्शन गर्दै आएका छन् ।

३९ ओडिआई खेलमा उनले ७६ विकेट लिएका छन् । नयाँ बलका साथ उनको गती र स्वींग खेल्न नेपाली ब्याटरलाई कठिन हुनसक्ने अनुमान गरिएको छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.