default_image

2 years ago

August 29, 2023

हसरंगाले एसिया कप गुमाउने

1812 views

0 Bookmark

एजेन्सी – श्रीलंकाका स्टार स्पिन अलराउन्डर वानिन्दु हसरंगाले बुधबारदेखी सुरु हुने एसिया कप गुमाउने भएका छन् । हसरंगा अघिल्लो साता लंका प्रिमियर लिग खेल्नेक्रममा घाइते भएका थिए । त्यसैको कारणले उनले एसिया कप पुरै गुमाउने भएका छन् ।

श्रीलंकाले दासुन शानकाको कप्तानीमा १५ सदस्य टोली घोषणा गरेको छ । जसमा प्रमुख अलराउन्डर हसरंगासँगै युवा ओपनर अविष्का फ्रेनान्डो पनि छैनन् । अविष्का भने कोरोनाको कारण नभएका हुन् । वानिन्दुको भने खुट्टाको मांशपेशीमा समस्या आएको थियो ।

वानिन्दु नहुँदा श्रीलंकाको बलिङ आक्रामण कमजोर बन्नेछ । लंका प्रिमियर लिगमा बी लव कान्डीको कप्तानी गर्दै उनले सर्वाधिक रन बनाउने र विकेट लिने दुबै अवार्ड जितेका थिए । फाइनल भने हसरंगाले चोटका कारण खेलेका थिएनन् ।
श्रीलंका, बंगलादेश र अफगानिस्तान समूह बी मा छन् ।

समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । श्रीलंकाले पहिलो खेल ३१ अगष्टमा बंगलादेश र ५ सेप्टेम्बरमा अफगानिस्तानसँग खेल्नेछ । अफगानिस्तानसँग भने लाहोरमा खेल्नेछ । शीर्ष दुईमा रहन सके सुपर फोरमा स्थान बनाउनेछ ।

श्रीलंकाको टोली :

दासुन शानका (कप्तान), पाथुम निसांका, दिमुथ करुणारत्ने, कुशल परेरा, कुशल मेन्डिस (उपकप्तान), चरिथ असलंका, धनन्जय डि सिल्भा, सदिरा समाराविक्रमा, महेश थिक्सेना, दुनिथ वेलाजिगे, मथिसा पाथिराना, कसुन रजिथा, दुशान हेमान्था, बिनुरा फ्रेनान्डो र प्रमोद मदुशान ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.