2 years ago
August 30, 2023
एजेन्सी – नेपालले एसिया कपको उद्धघाटन खेलमा आज पाकिस्तानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा मुल्तान क्रिकेट रंगशालामा हुँदैछ । नेपालले आइसिसी ओडिआई वरियताको नम्वर वान टोली पाकिस्तानसँग पहिलो पटक खेल्न लागेको छ । कुनैपनि टोलीका आफ्नै बलिया र कमजोरी पक्षहरु हुन्छन् ।

पाकिस्तानको ब्याटिङ शीर्षक्रममा बढी निर्भरछ । ओपनर फखार जमान र इमाम उल हक छन् । तेस्रो नम्बरमा बाबर आजम र चौथो नम्बरमा मोहम्मद रिजवान छन् । यी चारै ब्याटर प्रमुख खेलाडी हुन् । चार मध्य एक टिकेको खण्डमा पनि पाकिस्तानले सहज जित हात पार्नसक्छ । यी चार ब्याटरले सानदार प्रदर्शन गर्दै आएका छन् ।
तर यदि यी चार ब्याटर सस्तैमा आउट भएमा पाकिस्तानले ठूलो योगफल बनाउने सम्भावना कम रहन्छ । सधैं राम्रो खेल्छन् भन्ने हुँदैन । यो अवस्थामा मध्यक्रम र तल्लोक्रमका ब्याटरले जिताउनु पर्ने हुन्छ । तर त्यसपछि ब्याटिङमा भरपर्ने खेलाडी छैनन् । त्यसैले पाकिस्तानलाई मध्यक्रम र फिनिसर ठूलो समस्या बन्दै आएको छ ।
नेपालविरुद्ध पाँचौं नम्बरमा खेल्ने अघा सलमानले १४ खेलमा ३ सय ९६ रन बनाएका छन् । इफित्खार अहमदले १४ खेलमा २ सय ९३ रन बनाएका छन् । सातौं र आठौं नम्बरमा शादब खान र मोहम्मद नवाज छन् । नवौं नम्बरमा शाहिन शाह अफ्रिदी, दशौंमा नसिम शाह र ११ औं नम्बरमा हरिस रौफ हुनेछन् ।

पाकिस्तान बलिङ आक्रामणमा बढी विश्वास राख्दा तल्लोक्रम ब्याटिङ कमजोर हुन पुगेको छ । अफ्रिदीले, शादब र नवाजले ब्याटिङमा योगदान दिन सक्छन् । तर भरपर्दा भने होइनन् ।
नेपालको जस्तो पाकिस्तानको ब्याटिङमा गहिराई छैन । नेपालको ब्याटिङ ९-१० नम्बरसम्म भरपर्दो छ । मध्यक्रम र फिनिसर पाकिस्तानको सबैभन्दा ठूलो कमजोरी हुँदा नेपालले त्यसको भरपूर्ण फाइदा उठाउन सक्नुपर्छ ।
अघिल्लो साता अफगानिस्तानका रहमानउल्लाह गुरबाज र इब्राहिम जद्रानले पहिलो विकेटका लागि २ सय २७ रनको साझेदारी गरेका थिए । पहिलो ओडिआई खेलमा अफगाानिस्तान ५९ रनमा अल आउट हुँदा पुरै १० विकेट तीव्र गतिका बलरले लिएका थिए । दोस्रो खेलमा अफगानी ब्याटरले तीव्र गतिका बलरविरुद्ध जिम्मेवारी प्रदर्शन गरेपछि स्पिनरलाई विकेट लिन गाह्रो भएको थियो । तुलनात्मक रुपमा स्पिन आक्रामण पाकिस्तानको कमजोर छ ।
नेपाली ब्याटरले स्पिनमा राम्रो खेल्ने गर्दछन् । पाकिस्तानसँग छैटौं विकल्पको राम्रो बलर पनि छैनन् । हरिस, अफ्रिदी र नसिम पहिलो रोजाईका बलर हुन् । त्यसपछि नवाज र शादब हुनेछन् ।
यदि यी पाँच मध्य कुनै एक बलरले नराम्रो गरे छैटौं विकल्प खोज्नुपर्छ । तर पाकिस्तानको छैटौं विकल्पमा इफ्तिखार र सलमान छन् । बलिङमा सलमान र इफ्तिखार दुबै खासै प्रभावकारी मानिदैनन् । पार्टटाइम बलरविरुद्ध नेपालले राम्रो रन बनाउन सक्छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]