2 years ago
August 30, 2023
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई नम्बर वान वरियामा रहेको पाकिस्तानले एसिया कपको उद्धघाटन खेलमा नेपालविरुद्ध जोखिम नलिने भएको छ । नेपाल र पाकिस्तानबीचको खेल आज दिउँसो ३ : १५ मा मुल्तान क्रिकेट रंगाशालामा सुरु हुँदैछ ।

क्रिकेटमा प्लेइङ–११ टसपछि मात्रै सार्वजनिक गरिन्छ । तर पाकिस्तानले विश्व क्रिकेटमा नयाँ उदाहरण प्रस्तुत गर्दै आएको छ । खेलको अघिल्लो दिन नै पाकिस्तानले नेपालसँग खेल्ने आफ्नो प्लेइङ-११ सार्वजनिक गरेको छ । त्यसको खुख्य कारण खेलाडीलाई मानसिक दुविधा नहोस् भनेर रहेको छ । खेलाडीलाई शतप्रतिशत विश्वास दिलाउन पाकिस्तानले एक दिन अघि नै आफ्नो प्लेइङ ११ घोषणा गरि सकेको छ ।
पाकिस्तानले नेपालसँगको खेलमा आफ्ना सबै प्रमुख खेलाडीलाई मैदान उतार्ने निर्णय लिएको छ । पहिलो रोजाईका कुनैपनि टोलीलाई बेन्चमा राखेको छैन । पाकिस्तानले नेपाल तुलनात्मक रुपमा कमजोर टोली हुँदा बेन्चका खेलाडीलाई मौका दिनसक्थ्यो । तर त्यो जोखिम लिन चाहेन ।
पाकिस्तानले आफ्नो पहिलो रोजाईका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाहलाई नेपालविरुद्ध खेलाडीको थियो । पाकिस्तानको बेन्चमा तीव्र गतिका बलरमा मोहम्मद वासिम जुनियर र फहिम अशरफ छन् । जुनियरले अघिल्लो महिना एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालविरुद्ध चार विकेट लिएका थिए ।

पाकिस्तानको लागि पाँचौं नम्बरमा खेल्ने ब्याटर निकै चिन्ताको विषय बन्दै आएको छ । उक्त कमजोरी सुधार गर्न लगातार सिरिजमा नयाँ खेलाडी प्रयोग गर्दै आएको छ । तर नेपालविरुद्ध सलमान अली अघालाई नै खेलाउने भएको छ । उक्त स्थानमा मोहम्मद हरिस, साउद सकिल र अब्दुल्लाह शफिकलाई मौका दिनसक्थ्यो ।
पाकिस्तानले अफगानिस्तानसँगको तीन ओडिआई खेलको सुरुवाती दुईमा सिरिजमा स्पिनर उस्मा मिरलाई मौका दिएको थियो । तर पाकिस्तानले नेपालविरुद्ध आफ्नो पहिलो रोजाईको स्पिन आक्रामण शादब खान र मोहम्मद नवाजलाई नै खेलाउने भएको छ । कुनैपनि खेलाडीमा जोखिम लिएको छैन ।
‘पाकिस्तानका कप्तान बाबर आजमले नेपाल कमजोर टोली नभएको बताई सकेका छन् । ‘हेर्नुस् क्रिकेटमा कुनैपनि टोलीलाई सहज रुपमा लिन सकिदैन । एउटा खेलाडीको हिसाबमा मैले सिकेको छु की क्रिकेटमा जो सुकै विपक्षी भएपनि सहज लिन हुँदैन । बाँकी टोलीलाई जसरीनै हामीले नेपालविरुद्ध योजना बनाएर अघि बढ्छौं । नेपालको टोली देखेका छौं । नेपालको कमजोरी र बलियो पक्षमा कुराकानी गरेका छौं । नेपाललाई सहज रुपमा लिदैनौं’, बाबरले खेलअघि भनेका छन् ।
पाकिस्तानको नेपालसँग खेल्ने प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]