2 years ago
September 2, 2023
एजेन्सी – एसिया कपमा आज उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ मा श्रीलंकाको कालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । यदि भारतले मानेको भए यो खेल पाकिस्तानको कराँची, लाहोर र मुल्तान मध्य एक रंगाशालामा हुने थियो ।

पाकिस्तान आयोजक टोली भएपनि श्रीलंकामा गएर खेल्नु परेको छ । भारतले आर्थिक, राजनीतिक र खेलकुद सबै क्षेत्रमा पाकिस्तानलाई हेप्दै आएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआीआई) विश्वकै धनी क्रिकेट बोर्डमा पर्दछ ।
त्यहि धनको कारण भारतले विश्व क्रिकेटमा आफ्नो प्रभुत्व जमाउन खोज्दै आएको छ । भारतको त्यो अधिपत्य पाकिस्तान आजको खेलमा अन्त्य गर्न चाहन्छ । पाकिस्तानको मुख्य लक्ष्य भारतसँग बदला लिने हुनेछ । भारत पाकिस्तान नजादा समर्थक र खेलाडी दुबै रुष्ट छन् । त्यसको बदला खेलबाट दिन चाहन्छन् ।
बाबरको कप्तानीमा रहेको पाकिस्तान भारतलाई पुन स्तब्ध पार्न चाहन्छ । २०२२ को टि२० एसिया कपको सुपर फोरमा पाकिस्तानले ५ विकेटले भारतलाई हराउँदै फाइनलमा पुगेको थियो । त्यही हारको कारण भारत सुपर फोरबाटै बाहिरिनु परेको थियो ।
२०२१ को टि२० विश्वकपमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । टि२० विश्वकप २०२२ को सुपर १२ र एसिया कपको समूह चरणमा भारतले पाकिस्तानलाई हराएको थियो ।

पाकिस्तानका कप्तान बाबर आजम प्रमुख हतियार हुन् । प्रमुख खेलमा पाकिस्तान बाबरबाट सानदार प्रदर्शन चाहन्छ । बाबर ओडिआई वरियताका नम्बर वान ब्याटर हुन् । नम्बर वान ब्याटर आफु किन भएको भारतविरुद्ध बाबर प्रमाणित गर्न चाहन्छन् । पहिलो खेलमा बाबरले नेपालविरुद्ध १ सय ५१ रन बनाउँदै लयलाई निरन्तरता दिएका छन् ।
बाबरको क्लास भारतीय बलरलाई पुन निराश बनाउन सक्छ । विकेटकिपर मोहम्मद रिजवानले बाबरलाई साथ दिनेछन् ।
टि२० मा बाबर र रिजवानले ओपनिङ गर्ने गर्दछन् । तर ओडिआईमा बाबर तेस्रो र रिजवान चौथो नम्बरमा खेल्ने छन् । यी दुई ब्याटरको प्रदर्शन महत्वपूर्ण हुनेछ । ओपनरमा फखार जमान र इमाम उल हक छन् ।
जमान तीनै ब्याटर हुन् जसको शतकमा पाकिस्तानले २०१७ को च्याम्पियन्स ट्रफीको फाइनलमा भारतलाई १ सय ८० रनले हराएको थियो । इमाम भरपर्दा ब्याटर हुन् ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सबैभन्दा मजबुत छ । शाहिन शाह अफ्रिदी भारतलाई घातक बन्नसक्ने बलर हुन् । अफ्रिदीको गती, स्वींग र बाउन्स भारतीय ब्याटरले राम्रोसँग तयारी गरेका छन् । भारतीय ब्याटरको मुख्य योजना नै नयाँ बलका साथ अफ्रिदीबाट बच्नु हो ।
नसिम शाह र हरिस रौफले पनि लगातार सानदार प्रदर्शन गर्दै आएका छन् । पाकिस्तानी तीनै बलर प्रतिघण्टा १ सय ५० किलोमिटरको गतीमा बल गर्ने क्षमता राख्छन् । रौफ १ सय ५५ माथिको गतीमा गर्न सक्छन् । तीव्र गतिका बलरको उत्कृष्ट प्रदर्शन बिना पाकिस्तानको जित कठिन देखिन्छ ।
पाकिस्तानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर छ । नेपालविरुद्ध शतक हानेका इफ्तिखार अहमदसँगै सलमान अली अघा, सादब खान र मोहम्मद नवाजले जिम्मेवारी लिुनपर्ने हुन्छ ।

भारतीय तीव्र गतिका बलरमा जस्प्रित बुमराहले ओडिआईमा यसै खेलबाट पूनरागमन गर्ने छन् । बुमराहको लय भारतको लागि महत्वपूर्ण हुनेछ । भारतको ब्याटिङ भने मजबुत छ ।
चौथो नम्बरमा श्रेयस ऐर खेल्ने सम्भावना छ । यो अवस्थामा रोहित शर्मा र शुभमन गिलले ओपनिङ गर्नेछन् । विराट कोहली तेस्रो नम्बरमा खेल्नेछन् । कोहली र रोहित प्रमुख ब्याटर हुन् । बाबर र विराटमा को उत्कृष्ट बहस चल्दै आएकोछ । यी दुई ब्याटरको प्रदर्शन त्यसैले पनि महत्वपूर्ण हुनेछ ।
श्रेयस ऐर चौथो नम्बरमा फर्किदा सूर्यकुमार यादवको स्थान देखिदैन । पाँचौं नम्बरमा ईशान किशन खेल्नेछन् । छैटौं नम्बरमा हार्दिक र सातौं नम्बरमा रविन्द्र जडेजा छन् । भारतको ब्याटिङ र पाकिस्तानको बलिङ उत्कृष्ट छ । दुबै टोलीमा विश्वस्तरिय बलर, ब्याटर र अलराउन्डर छन् ।
त्यसैले यी दुई देशबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । पाकिस्तान ओडिआई वरियतामा नम्वर वान र भारत तेस्रो स्थानमा छ । एसिया कपमा ५० ओभरको खेलमा भारत र पाकिस्तानबीच १३ खेल भएका छन् । जसमा भारत ७ र पाकिस्तान ५ खेलमा विजयी भएका छन् । ५० ओभरको कुनैपनि खेलमा भारत पाकिस्तानसँगको च्याम्पियन्स ट्रफी फाइनलपछि भने हारेको छैन ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]