9 years ago
January 16, 2017
काठमाडौं (हाम्रो खेल्कुद) – रुस्लान कप क्रीकेटको फाइनलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन । आज भएको पहिलो सेमिफाइनलमा न्यू हाेरार्इजनलाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनल प्रवेश गरेको थियो भने दोस्रो सेमिफाइनलमा एसपिएलाई ७० रनले पाखा लगाउदै आर्मी ले फाइनलमा स्थान पक्का गरेको हो ।

म्यान अफ द म्याच दिपेन्द्र ऐरिको ३ विकेटमा पुलिसले न्यू हाेरार्इजनलाई २० ओभरको अन्त्यमा सबै विकेट समेट्दै ८२ रनमा रोक्न सफल भयो । न्यू हाेरार्इजनलाई सेमिफाइनलमा स्थान दिलाउन राम्रो योगदान दिलाएका कृष्ण कार्की सेमिफाइनलमा पनि २७ बलको सामना गर्दै २५ रनमा अविजित रहे । ८३ रनको सानो लक्ष्य पछ्याएको पुलिसले १८औं ओभरमा ३ विकेट गुमाउदै चुनौती पार गर्यो । पुलिसकोलागी सुनिल धमलाले ३६ रन जोडे ।
आजै भएको दोस्रो सेमिफाइनलमा आर्मी को विशाल योगफल एसपिएलाई भारी पर्यो । सागर पुनको बिष्फोटक ब्याटिङले आर्मी ले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै १८६ रन जोड्यो । सागर पुनले ५६ बलको सामना गर्दै ८ चौका र १ छक्काको मद्धतले ७५ रनको योगदान दिए । त्यस्तै राजेश पुलामिले ५५ र अनिल मण्डलले ३० रन जोडे ।
जवाफमा एसपिएले २० ओभरमा ७ विकेट गुमाउदै ११७ रन मात्र जोड्यो । एसपिएकालागी ओपनर बिजय राणा र रोमन बामले क्रमश: ३८ र २५ रनको योगदान दिए । आर्मीका अविनाश कर्णले ३ विकेट लिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]