default_image

2 years ago

September 3, 2023

बुमराहले नेपालविरुद्ध नखेल्ने

4632 views

0 Bookmark

एजेन्सी – भारतीय तीव्र गतिका बलर जस्प्रित बुमराहले एसिया कपमा नेपालसँगको खेल नखेल्ने भएका छन् । बुमराह ब्यक्तिगत कारण मुम्बई फर्किएपछि एसिया कपमा नेपालसँगको खेल गुमाउने भएका हुन् ।

नेपाल र भारतबीचको खेल सोमबार श्रीलंकाको कान्डीमा रहेको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा हुनेछ । बुमराह चोटपछि भारतीय टोलीमा फर्किएका थिए । केहि साताअघि उनले आयरल्यान्डसँगको तीन टि२० आई खेलको सिरिजबाट भारतीय टोलीमा पूनरागमन गरेका थिए ।

ओडिआईमा भने पाकिस्तानविरुद्ध खेलबाट फर्किएका थिए । तर वर्षाको कारण दोस्रो इनिङ नहुँदा बलिङको अवसर पाएका थिएनन् । बुमराह सुपर फोरका खेलहरुमा उपलब्ध हुनेछन् ।

बुमराह टोलीमा नहुँदा मोहम्मद शामीले उनको स्थान लिनेछन् । भारतले पाकिस्तानविरुद्ध मोहम्मद शिराज, शार्दुल ठाकुर र बुमराहलाई खेलाएको थियो । भारतले पहिलो खेल वर्षाको कारण पाकिस्तानसँग अंक बाँडेको थियो । त्यसैले भारतलाई नेपालसँगको खेल जित्नै पर्ने दबाब छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.