default_image

2 years ago

September 4, 2023

नेपालले आज भारतसँग ऐतिहासिक खेल खेल्दै

1351 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एसिया कपमा आज विश्व क्रिकेटको पावर हाउस भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : १५ मा पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा सुरुहुनेछ । नेपालले आफ्नो क्रिकेट इतिहासमा भारतविरुद्ध खेल्दैछ ।

नेपाली समय अनुसार दिउँसो २ः ४५ मा रोहित पौडेल टसका लागि जानेछन् । उनले टस भारतीय कप्तान रोहित शर्मासँग गर्नेछन् । जव रोहित टसका लागी जानेछन् त्यो नेपालको लागि एउटा ठूलो गर्वको क्षण हुनेछ । रोहित पौडेलका आदर्श खलाडी हुन् रोहित शर्मा । उनीसँगै टस गर्नेछन् । यस्तो अवसर विरलै खेलाडीले पाउँछन् ।

भारत नेपालको सबैभन्दा नजिकको छिमेकी हो । तर सिनियर स्तरमा भारतसँग भिड्न नेपालले २७ वर्ष पर्खनु पर्यो । नेपालले सन् १९९६ बाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको हो । भारत र पाकिस्तानसँग पहिलो पटक खेल्ने अवसर पाएको हो । भारत र पाकिस्तानसँग खेल्न पाउनुनै नेपाल जस्तो देशका लागि एउटा उपलब्धी हो ।

भारतले टस जिते वा हारेपनि पहिला ब्याटिङ गर्ने सम्भावना देखिन्छ । भारत नेपालविरुद्ध रनको वर्षा गराउने रणनीतिमा हुनेछ । नेपाल आफ्नो बलिङ परिक्षा गर्न चाहन्छ । पाकिस्तानलाई नेपालले ५० ओभरमा ३ सय ४२ रन दिएको थियो । बाबर आजमले १ सय ५१ र इफ्तिखार अहमदले १ सय ९ रनको शतकीय इनिङ खेलेका थिए ।

पहिलो खेलमा नेपाल २ सय ३८ रनले पराजित भएको थियो । तर भारत र पाकिस्तानसँग खेल वर्षाको कारण रद्द भयो । यदि यस खेलमा नेपाल विजयी भएमा सुपर फोरमा पुग्नेछ । वर्षाले प्रभावित हुँदै रद्द भएमा वा नेपाल पराजित भएमा भने बाहिरिनुपर्ने हुन्छ ।

विश्व क्रिकेटका दुई उत्कृष्ट ब्याटर विराट कोहली र रोहित शर्मासँग खेल्ने दुर्लभ अवसर नेपाली खेलाडीले पाउनेछन् । सायद यी दुई खेलाडीसँगको खेल यो नै अन्तिम हुनसक्छ । अर्को पटक एसिया कपमा नेपालले स्थान बनाउँछ वा बनाउँदैन थाहा छैन ।

विश्वकपपछि रोहित शर्माले सन्न्यास लिने सम्भावना बढाी छ । कोहली पनि अव भारतीय टोलीबाट धेरै लामो समय खेल्ने छैनन् ।
भारत र विराट कोहलीसँग खेल्न पाउने हरेक नेपाली क्रिकेट समर्थक, शुभचिन्तक र खेलाडीको सपना त्यो पूरा हुनेछ । २ सय ७६ ओडिआईमा ४६ शतक र ६५ अर्धशतकका साथ कोहलीले १२ हजार ९ सय २ रन बनाएका छन् ।

पछिल्लो एक दशकयताका सर्वाधिक सफल ब्याटर भन्दा कुनै फरक नपर्ला । हरेक नेपाली बलरलाई कोहलीको विकेट सपना हुनेछ । कोहली नेपालविरुद्ध कसरी उत्रिन्छन् त्यो हेर्न बाँकी छ ।

रोहितले ओडिआईमा २ सय ४५ ओडिआईमा ३० शतक र ३ दोहोरो शतकमा झण्डै १० हजार रन बनाएका छन् । श्रेयस ऐर, ईशान किशन र हार्दिक पान्ड्याले गर्दा भारतको मध्यक्रम मजबुत छ ।

भारतले आफ्ना बेन्चमा रहेका तिलक बर्मा र सूर्यकुमार यादवलाई मौका दिनसक्छ । रविन्द्र जडेजा अलराउन्डरको रुपमा खेल्नेछन् । बलिङमा उनले कुलदीप यादवलाई साथ दिनेछन् । मोहम्मद शामी, मोहम्मद शिराज र शार्दुल ठाकुर तीव्र गतिका बलर हुनेछन् ।

भारतका प्रमुख बलर जस्प्रित बुमराहले भने नेपालसँगको खेल गुमाउनेछन् । उनी ब्यक्तिगत कारण भारत फर्किएका छन् । भारतले बुमराहको स्थानमा शामीलाई खेलाउनेछ । बेन्चका खेलाडीलाई मौका दिनसक्छ ।

यता नेपालले टोलीमा परिवर्तन गर्ने सम्भावना कम छ । पिच स्पिनर सहयोगी हुँदा ललितनारायण राजवंशी खेल्नेछन् । अन्य खेलाडीमा परिवर्तनको सम्भावना छैन । नेपाली खेलाडीको लागि यो ठूलो अवसर हो । धेरै नेपाली खेलाडीको आइपिएल खेल्ने सपना छ । त्यो सपना पूरा गर्न आज राम्रो गर्नुपर्ने हुन्छ ।

नेपाललाई गुमाउनु केहि छैन । हार स्वभाविक हो । तर आफ्नो उत्कृष्ट क्रिकेट भने देखाउन सक्नुपर्छ । कुशल भुर्तेल, रोहित पौडेल, आसिफ शेख र आरिफ शेख ब्याटर हुन् । कप्तान रोहित र कुशल भुर्तेल प्रमुख ब्याटर हुन् ।

यी दुईबाट नेपाल उच्च प्रदर्शन चाहन्छ । पाकिस्तानसँग नेपालको ब्याटिङक्रम केहि असन्तुलित बनेको थियो । कुशल मल्लले तल्लोक्रममा खेलेका थिए । कुशललाई नेपालले पाँचौं नम्बरमा खेलाउने सम्भावना देखिन्छ । कुशल मल्ल र गुलशन झा आक्रामक ब्याटर हुन् । यी दुई खेलाडीको प्रदर्शनमा धेरैको नजर हुनेछ ।

तीव्र गतिका बलरमा करण केसी र सोमपाल कामी हुनेछन् । पावर प्लेमा दुबै बलरले राम्रो प्रदर्शन गर्दै आएका छन् । डेथ ओभर नेपाली क्रिकेटको ठूलो समस्या हो । सन्दीप भारतलाई घातक बन्न सक्छन् । सन्दीपले २०१८ देखी २०२१ सम्म आइपिएलमा भारतका सबै खेलाडीविरुद्ध खेलेको अनुभव छ ।

विदेशी लिग खेलेका हुँदा सन्दीपको उत्कृष्ट प्रदर्शनमा नेपाले चमात्कार प्रदर्शन गर्न सक्छ । नेपाल सन्दीपबाट अद्भूत प्रदर्शन चाहन्छ । २०२१ देखी आइपिएलमा नभएका सन्दीपलाई आफ्नो खेल देखाउने यो सबैभन्दा राम्रो अवसर समेत हो । नेपाल र भारतबीचको खेल हुने समयमा वर्षा हुने सम्भावना ८० प्रतिशत सम्म छ । वर्षा नेपालको ऐतिहासिक खेलमा बाधक बन्नसक्छ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.