2 years ago
September 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – भारतले एसिया कपमा नेपालले दिएको प्रतिस्पर्धात्मक विजयी लक्ष्य पछ्याउनेक्रममा वर्षाको कारण खेल रोकिएको छ ।

पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा नेपालले दिएको २ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको भारतले २.१ ओभरमा १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । शुभमन गिल ६ बलमा ३ चौकासहित १२ रनमा क्रिजमा छन् । रोहित शर्मा ७ बलमा १ चौकासहित ४ रनमा क्रिजमा छन् ।
नेपालका तीव्र गतिका बलर करणले केसीले पहिलो ओभरमा मात्रै एक रन दिँदै उत्कृष्ट सुरुवात दिलाएका थिए । त्यो एक रन पनि वाइड थियो । तेस्रो बलमा रोहित शर्माको एलबीडब्लू आउट माग गर्दै रिभ्यू लिएपनि नेपाल सफल हुन सकेन । दोस्रो ओभरमा सोमपाल कामीलाई शुभमन गिलले तीन चौका प्रहार गरेका थिए ।
नेपालले ब्याटिङ गर्दा वर्षाको कारण झण्डै एक घण्टा खेल रोकिएको थियो । अतिरिक्त समय एक घण्टामात्रै थियो । त्यसैले अव पुन खेल सुरु हुँदा ओभर घट्ने देखिन्छ ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४८.२ ओभरमा २ सय ३० रनमा अल आउट भएको थियो । नेपालका लागि ओपनर तथा विकेटकिपर आसिफ शेख ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रनको योगदान दिए ।
अर्का ओपनर कुशल भुर्तेलले २५ बलमा ३ चौका र २ छक्कासहित ३८ रनको आक्रामक इनिङ खेलेका थिए । सोमपाल कामीले ५६ बलमा १ चौका र २ छक्कासहित ४८ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]