2 years ago
September 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोली एसिया कपमा भारत र पाकिस्तानसँग खेलेर आज दिउँसो स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको बताउँछन् ।

‘भारत र पाकिस्तानसँग खेल्ने सपना थियो । त्यो पूरा भएपछि एकदमै खुसी लागेको छ । टिमले राम्रो अनुभूती गरेको छ’, नेपाल फर्किएपछि रोहितले भने ।
नेपालले पाकिस्तानविरुद्ध सुरुवातमा राम्रो बलिङ गरेको थियो । तर अन्तिम १५ ओभर नेपालले सोचे जस्तो हुन सकेन । डेथ ओभर अर्थात अन्तिम १० ओभरमा नेपालले १ सय २९ रन खर्चिएको थियो ।
‘पाकिस्तानसँग हामीले ३५ ओभर सम्म एकदमै राम्रो बलिङ गर्यौ । किनभने विश्वका उत्कृष्ट ब्याटर पाकिस्तानका अगाडी थिए । त्यो खेलमा बलिङ एकदमै राम्रो थियो । भारतविरुद्ध कुशल र आसिफले जुन सुरुवात दिलाए त्यो एकदमै राम्रो थियो । मध्यक्रममा अझै राम्रो गर्न सकिन्थ्यो । समग्रमा एकदमै राम्रो खेल्यौं । विशेषगरि ब्याटिङ युनिट’, रोहितले भने ।
रोहितले नेपाली क्रिकेटको लागि यो वर्ष एकदमै राम्रो भएको बताएका छन् । ‘मलाई लाग्छ यो वर्ष नेपाली क्रिकेटलाई एकदमै राम्रो भएको छ । लिग–२ खेल्नु अघि हामी जुन अवस्थामा थियौं यस्तो कसैले सोचेको थिएन । सबै खेलाडीको विश्वास थियो । कडा मिहिनेत पनि हो । प्रशिक्षकहरुको प्रयास पनि हो । सबै जोडेपछि एकदमै राम्रो उपलब्धी भयो’, उनले भने ।
रोहितको पूरा भिडियो हेर्नुहोस् :
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]