2 years ago
September 7, 2023
एजेन्सी – कप्तान टेम्बा बभुमाको शतकमा दक्षिण अफ्रिकाले पहिलो ओडिआई खेलमा अष्ट्रेलियालाई २ सय २३ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको घरेलु टोली दक्षिण अफ्रिका ४९ ओभरमा २ सय २२ रनमा अल आउट भयो ।

दक्षिण अफ्रिकाका कप्तान टेम्बा बभुमाले १ सय ४२ बलमा १४ चौका र १ छक्कासहित सर्वाधिक १ सय १४ रनको शतकीय इनिङ खेले । बभुमाको यो ओडिआई करिअरको पाँचौं शतक हो । बभुमा बाहेक अन्य दक्षिण अफ्रिकी ब्याटरको प्रदर्शन भने सम्झन लायक रहेन ।
ओपनर क्विन्टन डि कक ११, रास्सी भान डर डुसेन ८, एडेन माक्ररम १९, हेनरिक क्लासेन १४, डेविड मिलर डक र मार्को यानसन ३२ रनमा आउट भए । यानसनले ४० बलमा ३ चौका र १ छक्का प्रहार गरे ।
अष्ट्रेलियाका जोश हेजलवुडले १० ओभरमा २ मेडनसहित ४१ रन खर्चेर ३ विकेट लिए । मार्कस स्टोइनिसले ६ ओभरमा २० रन खर्चेर २ विकेट लिए ।
शन एबोट, एश्टन अगर, एडम जाम्पा र क्यामरन ग्रीनले एक एक विकेट लिए । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच पाँच ओडिआई खेलको सिरिज हुनेछ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]