9 years ago
January 17, 2017
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो रुस्लान कपको फाइनलमा नेपाल पुलिस क्लाबले त्रिभुवन आर्मीलाई ४ विकेटले पराजित गर्दै उपाधी हात पारेको छ । अघिल्लो संस्करणमा पनि आर्मी फाइनलमा पुलिससँग पराजित भएको थियो ।

पहिलो ब्याटिङ गरेको आर्मीले १ सय ४२ रन बनाउदा निर्धारित २० अाेभरमा ६ विकेट गुमायो । आर्मीकालागी कप्तान विनाेद भण्डारीले ४० रनको योगदान दिएका थिए । त्यस्तै साेमपाल कामीले नटअाउट रहदै १५ रन जाेडे भने राजेश पुलामीले ३८, नरेश बुढाएेरले २८ र अनिल मण्डलले १५ रन जोडेका थिए ।
ओपनर सागर पुनलाइ छिट्टै गुमाएको आर्मीका लागि अर्का ओपनर अनिल मण्डलले पनि खासै रन बनाउन सकेनन्। मध्यक्रममा राजेश पुलामी मगर र बिनोद भण्डारीले सुदृढ प्रदर्शन गरेपछि आर्मीले १सय ४३ रन्को लक्ष्य प्रस्तुत गरेको थियो। पुलिसका लागी ललितसिंह भण्डारी र कुशल भूर्तेलले २-२ विकेट लिए भने मञ्जित श्रेष्ठ र ललित राजवंशीले समान १ विकेट हात पारे।
१ सय ४३ रनको लक्ष्य पछ्याएको पुलिसले १९ ओभरको समाप्तिमा सिद्धान्त लाेहनीको छक्कासंगै शानदार शैलीमा उपाधि कब्जा गर्यो । पुलिसका दीपेन्द्रसिंह एेरीले नटआउट ४२ र कुशल भूर्तेलले ३४ रन जोडे भने विजयी रन प्रहार गरेका लोहनीले ४ बलमा ९ रन प्रहार गरे । ३२ रनको स्थितिमा तिन विकेट गुमाएको पुलिसलाई भुर्तेल र एरिको छैठौं विकेटकालागि गरेको ५८ रनको साझेदारीले जितको लागि आधार खडा गरेको थियो।
उपाधिसँगै पुलिसले तीन लाख हात पार्यो भने उपबिजेता अार्मीले दुइ लाख रूपैयामा चित्त बुझाउनु पर्यो। यस्तै, आर्मीका सगर पुन उत्कृष्ट ब्याट्सम्यान घोषित भए भने आर्मीकै जितेन्द्र मुखिया उत्कृष्ट बलर चुनिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका पुलिसका सुनिल धमला ‘प्लेयर अफ द टुर्नामेन्ट’ घोषित भए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]