2 years ago
September 9, 2023
एजेन्सी – ओपनर डेविड वार्नर र मार्नस लाबुसेनको सानदार शतकमा अष्ट्रेलियाले दोस्रो ओडिआई खेलमा दक्षिण अफ्रिकालाई ३ सय ९३ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएकोे अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ९२ रन बनायो ।

मध्यक्रमका ब्याटर मार्नस लाबुसेनलले ९९ बलमा १९ चौका र १ छक्कासहित १ सय २४ रनको सानदार शतकीय इनिङ खेले । उनको यो ओडिआई करिअरको उत्कृष्ट प्रदर्शन र दोस्रो शतक हो । उनी स्पिनर तबरेज शाम्सीको बलमा मिडविकेटमा एडेन माक्ररमबाट क्याच आउट भए ।
योसँगै उनले अष्ट्रेलिया एकदिवसीय विश्वकप टोलीमा स्थान बनाउने सम्भावना मजबुत बनाएका छन् । उनी अष्ट्रेलियाको विश्वकप टोलीमा भने छैनन् । तर दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा ८० र दोस्रो खेलमा शतक हानेपछि सम्भावना उच्च बनेको हो ।
अष्ट्रेलियालाई ओपनर डेविड वार्नर र ट्रविस हेडले ११.५ ओभरमा १ सय ९ रनको विष्फोटक सुरुवात दिलाएका थिए ।
वार्नर ९३ बलमा १२ चौका र ३ छक्कासहित १ सय ६ रनमा आउट भए । हेडले ३६ बलमा ९ चौका र ३ छक्कासहित ६४ रनको आक्रामक इनिङ खेलाएका थिए । तेस्रो विकेटका लागि वार्नर र लाबुसेनले १ सय २४ बलमा १ सय ५१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
विकेटकिपर जोश इंग्लिसले ३७ बलमा ७ चौका र १ छक्कासहित ५० रन बनाउँदै आउट भए । कप्तान मिचेल मार्श डक, डेब्यू खेल खेलेका टिम डेविड १, विकेटकिपर एलेक्स केरी ६ र आरोन हाड्ली ३ रनमा आउट भए । नाथन एलिस १४ रनमा नटआउट रहे ।
दक्षिण अफ्रिकाका स्पिनर तबरेज शाम्सीले १० ओभरमा ६१ रन खर्चेर ४ विकेट लिए । कागिसो रबाडाले ९ ओभरमा ७९ रन खर्चेर २ विकेट लिए । मार्को यानसन र एन्डिले फहलुकवयोले समान एक विकेट रह्यो । पाँच खेलको ओडिआई सिरिजमा अष्ट्रेलिया १-० ले अघि छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]