2 years ago
September 10, 2023
एजेन्सी – पाकिस्तानले एसिया कपको सुपर फोर खेलमा आज भारतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ः १५ मा श्रीलंकाको कोलोम्बोमा सुरुहुनेछ । पाकिस्तान सुपर फोरमा दोस्रो जित हात पार्न चाहन्छ । भारत पहिलो जितको खोजीमा हुनेछ ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन् । भारत र पाकिस्तानको खेललाई क्रिकेटको एलक्लासिको समेत भन्ने गरिन्छ । विश्वमै सबैभन्दा बढी लोकप्रिय मानिने यस खेलमा कडा प्रतिस्पर्धाको अनुमान गरिएको छ । भारतको ब्याटिङको परिक्षा पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण सामु हुनेछ ।
भारतको ब्याटिङ उत्कृष्ट छ । तर विश्वकै उत्कृष्ट पाकिस्तानको तीव्र गतिको बलिङ सामु रन जोड्न सहज हुनेछैन । समूह चरणमा भारतको १० विकेटनै पाकिस्तानका तीव्र गतिका बलरले लिएका थिए । यस खेललाई भारतको ब्याटिङ र पाकिस्तानको तीव्र गतिको बलिङको भिडन्तको रुपमा समेत लिएको छ ।
समूह चरणमा पाकिस्तान र भारतबीचको खेल वर्षाले प्रभावित भएपछि रद्द हुन पुगेको थियो । आजको खेलमा पनि वर्षाले खेल प्रभावित हुने उच्च सम्भावना छ । भारत र पाकिस्तानबीचको खेलमा रिजरर्भ डे राखिएको छ । त्यसैले आज हुन नसके सोमबार खेल हुनेछ ।

भारत समूह चरणमा २ सय ६६ रनमा अल आउट भएको थियो । पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले चार विकेट लिएका थिए । नसिम शाह र हरिस रौफले ३–३ विकेट लिएका थिए । बायाँ हाते बलर अफ्रिदीको स्वींग र गति खेल्न सहज हुनेछैन । समूह चरणमा कोहली र रोहित दुबै अफ्रिदीको बलमा बोल्ड आउट भएका थिए ।
बायाँ हाते बलर र इनस्वींग भारतीय ब्याटरको सबैभन्दा कमजोरी हो । उक्त कमजोरीमा पाकिस्तानी बलर पुन हाबी बन्ने सम्भावना छ । अफ्रिदीलाई अर्को एण्डबाट नसिम शाहले साथ दिनेछन् ।
शाहसँग बाउन्स, गती र स्वींग हुनेछ । त्यसपछि हरिस रौफ आउनेछन् । रौफको गति खेल्न सहज हुनेछैन । रौफ प्रतिघण्टा १ सय ५० किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् ।

पाकिस्तानका तीन तीव्र गतिका बलर मुख्य हतियार हुन् । समूह चरणमा भारत एक समय ६६–४ को अवस्थामा पुगेको थियो । हार्दिक पान्ड्या र ईशान किशनले पाँचौं विकेटका लागि १ सय ३८ रनको साझेदारी गरेका थिए । साझेदारीको मुख्य कारण स्पिन आक्रामक कमजोर हुनु थियो ।
पाकिस्तानले मोहम्मद नवाजको स्थानमा फहिम अशरफलाई खेलाउनेछ । चार तीव्र गतिका बलर हुँदा पाकिस्तान खेलमा हाबी हुनसक्छ ।
पाकिस्तानका बाबर आजम ओडिआई वरियताका नम्बर वान ब्याटर हुन् । उत्कृष्ट ब्याटर बाबरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । बाबर, उच्च लयमा रहेका ओपनर इमाम उल हक, फखार जमान र मोहम्मद रिजवान पाकिस्तान प्रमुख ब्याटर हुन् । जमान भने लयमा छैनन् ।
भारतविरुद्ध उनीबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । मध्यक्रममा सलमान अघा र इफ्तिखार अहमदको प्रदर्शन महत्वपूर्ण हुनेछ । स्पिन आक्रामणमा सादब खान हुनेछन् ।

उता भारतको टोलीमा लोकेश राहुल र जस्प्रित बुमराह टोलीमा फर्किने सम्भावना छ । बुमराह मोहम्मद शामीको स्थानमा टोलीमा फर्किनेछन् । राहुल टोलीमा फर्किन ईशान किशनलाई बेन्चमा राख्नुपर्ने हुन्छ ।
तर पाकिस्तानविरुद्ध उनले ८२ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । पछिल्ला चार इनिङमा अर्धशतक प्रहार गरेका छन् । त्यसैले ईशान र राहुल मध्य कसलाई खेलाउने निर्णय लिन भारतलाई सहज हुनेछैन ।
विराट कोहली, रोहित शर्मा र श्रेयस ऐर भारतका प्रमुख ब्याटर हुन् । कोहली र रोहितको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । हार्दिक र जडेजा अलराउन्डरको रुपमा खेल्नेछन् । बुमराह टोलीमा फर्किदा बलिङ आक्रामण मजबुत बन्नसक्छ । नेपालले भारतविरुद्ध सुरुवाती १० ओभरमा ६५ रन जोडेको थियो ।
पाकिस्तान भारतीय कमजोर बलिङको फाइदा उठान सक्छ । भारतको तीव्र गतिका बलरमा जस्प्रित बुमराह, शार्दुल ठाकुर र मोहम्मद शिराज हुनेछन् । स्पिनरमा कुलदीप यादव र रविन्द्र जडेजाको जोडी हुनेछन् ।
पाकिस्तानको प्लेइङ ११ :
फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान) मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, फहिम अशरफ, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।
भारतको टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या –उपकप्तान), रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]