9 years ago
January 17, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लगातार दोश्रो पटक त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउदै रुस्लन टि-२० क्रिकेट प्रतियोगिताको २०७३ सालको संस्करणको उपाधि हात पारेको छ।

किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा पुलिसले आर्मीलाई ४ विकेटले पराजित गर्दै लगातार दोश्रोपटक उपाधि जितेको थियो। नेपाली राष्ट्रिय क्रिकेट टोलीको अधिकांश खेलाडी रहेको र राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको शशस्त्र प्रहरी बलको टोलि आफ्नो पहिलो खेलमै नेपाली राइनोजसंग पराजित भएपछि आर्मी र पुलिसलाइ दावेदारको रुपमा हेरिएको थियो।
युवा खेलाडीको वर्चस्व रहेको पुलिस टोलीको यो जितले केहि नयाँ स्टारहरु अब राष्ट्रिय टोलीकै धोका ढकढक्याउन थालेको भान भएको छ। प्रतियोगितामा एकल विधामा निम्नानुसारका खेलाडीहरु उत्कृष्ट घोषित भए।
उत्कृष्ट ब्याट्सम्यान:
सागर पुन (आर्मी)
खेल – ४
पारी – ४
अविजित – २
अर्धशतक – १
सर्वाधिक स्कोर – ७५
जम्मा रन – १५१
उत्कृष्ट बलर:
जितेन्द्र मुखिया (आर्मी)खेल – ४
ओभर – १४
विकेट – ९
इकोनोमी – ५.००
उत्कृष्ट प्रदर्शन – ४-१७
म्यान अफ द सिरिज:
सुनिल धमला (पुलिस)
खेल – ४
पारी – ४
रन – १५८
अर्धशतक – १
सर्वाधिक स्कोर – ६०*
विकेट -२
इकोनोमी – ३.१३
सबैभन्दा धेरै छक्का प्रहर गर्ने खेलाडी : कुशल भुर्तेल (६ छक्का) (पुलिस)
उत्कृष्ट क्याच [रुस्लान बबाल क्याच] : आरिफ शेख (पुलिस)
छिटो अर्धशतक बनाउने खेलाडी : राजेश पुलामी (आर्मी)
छिटो शतक बनाउने खेलाडी : शंकर राणा (न्यु होराइजन)
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]