2 years ago
September 12, 2023
एजेन्सी – श्रीलंकाका युवा स्पिनर दुनिथ वेलालेजले एसिया कपको सुपर फोर खेलमा भारतका शीर्ष तीन ब्याटर विराट कोहली, रोहित शर्मा र शुभमन गिललाई आउट गर्दै टोलीलाई खेलमा फर्काएका छन् । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले १७ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको छ ।

भारतका ईशान किशन र लोकेश राहुल ३(३ रनमा क्रिजमा छन् । रोहित शर्मा ४८ बलमा ७ चौका र २ छक्कासहित ५३ रनमा आउट भए । दुनिथले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिएका छन् ।
भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रनको साझेदारी गरेका थिए । दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए । दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए ।
कोहली मिडअनमा क्याच आउट हुन पुगेका थिए । १६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई ५३ रनमा बोल्ड आउट गरेका हुन् । श्रीलंकाका प्रमुख स्पिनर वानिन्दु हसरंगा चोटका कारण टोलीमा नहुँदा उनले खेल्ने मौका पाएका छन् ।
समूह चरणमा अफगानिस्तानलाई दुई रनले हराउन उत्कृष्ट प्रदर्शन गरेका थिए । २० वर्षीय स्पिनर दुनिथले ३३ रन बनाउनुको साथै २ विकेट लिएपछि श्रीलंकाले सुपर फोरमा स्थान बनाएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]