default_image

2 years ago

September 12, 2023

श्रीलंकाको स्पिन सामु चलेन भारतको ब्याटिङ

3473 views

0 Bookmark

एजेन्सी – युवा स्पिनर दुनिथ वेलालागे र चरिथ असलंकाको उत्कृष्ट बलिङसँगै भारतले एसिया कपको सुपर फोर खेलमा घरेलु टोली श्रीलंकाविरुद्ध मध्यम ब्याटिङ प्रदर्शन गरेको छ । कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४७ ओभरमा ९ विकेट गुमाउँदै १ सय ९७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको छ । अक्षर पटेल १५ र मोहम्मद शिराज २ रनमा क्रिजमा छन् ।

भारतका कप्तान रोहित शर्माले ४८ बलमा ७ चौका र २ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिए । रोहित बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

भारतलाई ओपनर शुभमन गिल र रोहित शर्माले ११.१ ओभरमा ८० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । तर श्रीलंकाको स्पिन आक्रामण आगमनसँगै भारतले लगातार विकेट गुमाउन पुगेको थियो ।

दुनिथले आफ्नो पहिलो बलमै शुभमन गिललाई १९ रनमा बोल्ड गर्दै श्रीलंकालाई पहिलो सफलता दिलाए । भारतका शीर्ष चार विकेट नै उनले लिँदै श्रीलंकालाई खेलमा हाबी बनाएका थिए ।

दुनिथले १४ औं ओभरको पाँचौं बलमा विराट कोहलीलाई ३ रनमा दासुन शानकाबाट क्याच आउट गराए । अघिल्लो दिन मात्रै पाकिस्तानविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका कोहली मिडअनमा समातिन पुगेका थिए ।

१६ औं ओभरको पहिलो बलमा उनले रोहित शर्मालाई बोल्ड गर्दै महत्वपूर्ण सफलता दिलाएका थिए । लोकेश राहुललाई दुनीथले ३९ रनमा कट एण्ड बोल्ड आउट गरेका थिए । राहुलले ४४ बलमा २ चौका प्रहार गरे ।

उनले ३६ औं ओभरको अन्तिम बलमा हार्दिक पान्ड्यालाई विकेटकिपर कुशल मेन्डिसबाट पाँच रनमा क्याच आउट गराउँदै पाँच विकेट पूरा गरे । अम्पायरले आउट नदिएपनि श्रीलंकाले रिभ्यु लिँदै हार्दिकलाई पेभेलिएन फर्काएको थियो ।

उता पार्ट टाइम स्पिनर असंलकाले पनि सानदार प्रदर्शन गरे । असंलकाको ३५ औं ओभरको दोस्रो बलमा ईशान किशन ३३ रनमा क्याच गराउँदै महत्वपूर्ण सफलता दिलाए । ईशानले ६१ बलमा १ चौका र १ छक्का प्रहार गरे । दुनीथले एक्स्ट्रा कभरमा सानदार क्याच लिएका थिए । असलंकाले रविन्द्र जडेजालाई ४ रनमै क्याच आउट गराए ।

असंलाकाले जस्प्रित बुमराहलाई ५ रनमा बोल्ड आउट गरे । बुमराहलाई आउट गरेको अर्को बलमा कुलदीप यादव स्लिपमा शून्यमा क्याच आउट भए ।

एक समय भारत २९.५ ओभरमा १५४–३ को बलियो अवस्थामा थियो । तर श्रीलंकाको स्पिन सामु मध्यक्रम र तल्लोक्रम ब्याटिङ सम्हाल्लिन सकेन । भारतले सोमबार मात्रै पाकिस्तानविरुद्ध ३ सय ५६ रन बनाएको थियो । कुलदीप यादवले ५ विकेट लिएपछि भारत २ सय २८ रनले विजयी भएको थियो ।

श्रीलंकाका २० वर्षीय युवा स्पिनर दुनीथ वेलालागेले १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ५ विकेट लिए । चरिथ असलंकाले ९ ओभरमा १ मेडनसहित १८ रन खर्चेर ४ विकेट लिएका छन् । अर्का स्पिनर धनन्जय डि सिल्भाले १० ओभरमा मात्रै २८ रन खर्चेर दबाब बढाए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.