default_image

10 months ago

September 12, 2023

पूर्वकप्तान ज्ञानेन्द्र उपाध्यक्षमा मनोनित

11799 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ललाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले उपाध्यक्षमा मनोनयन गरेको छ । खेलाडी संघले ज्ञानेन्द्रसहित ३ सदस्य पनि मनोनयन गरेको हो ।

बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र भलिबलकी स्पाइकर सरस्वती चौधरी सदस्यमा मनोनित भएका छन् ।

ज्ञानेन्द्रले अघिल्लो महिना एसिया कपको मुखमै सबै क्रिकेट करिअरबाट सन्न्यासको घोषणा गरेका थिए । सन् २००६ देखी नेपाली क्रिकेट टोलीबाट खेल्दै आएका ज्ञानेन्द्रको लागि अन्तिम खेल २०२३ जुलाई ४ मा आयरल्यान्डविरुद्ध खेले ।

नेपाली क्रिकेट इतिहासका एक सफल टक्निकल ब्याटर ज्ञानेन्द्रले नेपालबाट ३७ ओडिआईमा ७ अर्धशतकसहित ८ सय ७६ रन बनाएका छन् । ज्ञानेन्द्रले ४५ टि२० आईमा नेपालबाट १ शतक र २ अर्धशतकसहित कुल ८ सय ८३ रन बनाएका थिए ।

मनोनयनसंगै खेलाडी संघको केन्द्रीय कार्यसमितिले पूर्णता पाएको छ । भदौ १९ गते सम्पन्न खेलाडी संघको साधारण सभा तथा निर्वाचनले दीपक श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको थियो ।

यसअघि उपाध्यक्षमा सागकी दोहोरो स्वर्ण विजेता आयशा शाक्या (तेक्वान्दो), दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा सागका दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहेका थिए ।

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल सदस्यमा चयन भएका थिए ।

July 16, 2024

अभ्यास खेलमा नेपाली टोलीको जित

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामा हुने वुमन्स एसिया कपको तयारीमा रहेको नेपाली महिला टोलीले मंगलबार अभ्यास खेल जितेको छ । तेस्रो अभ्यास खेलमा नेपाली टोलीले श्रीलंका वुमन्स डेभलप्मेन्टलाई २ रनले हराएको छ । यसअघिका सोही टोलीसँगको दुवै अभ्यास खेलमा नेपाल पराजित भएको थियो । १ सय १३ रनको लक्ष्य पछ्याएको श्रीलंका वुमन्स १९.५ ओभरमा सबै […]

July 14, 2024

भारतद्वारा जित सहित जिम्बाब्वे भ्रमण अन्त्य

एजेन्सी – लगातार चौथो जित सहित भारतले विश्वकप पछिको पहिलो भ्रमण अन्त्य गरेको छ । पाँच खेलको टि-ट्वान्टी शृंखलाको अन्तिम खेलमा ४२ रनले जिम्बाब्वेलाई हराउँदै ४-१ ले जितेको हो । आईतवार भारतले दिएको १६८ रनको लक्ष्य पछ्याएको जिम्बाब्वे १८.३ ओभरमा १२५ रनमा समेटियो । जिम्बाब्वेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । मारुमानीले र […]

July 13, 2024

सिन्धुपाल्चोकमा क्रिकेट प्रशिक्षक प्रशिक्षण

सिन्धुपाल्चोक (हाम्रो खेलकुद)- सिन्धुपाल्चोकका सामुदायिक तथा संस्थागत विधालयका खेल शिक्षकका लागि विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ। सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको आयोजनामा तथा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा प्रशिक्षण भएको थियो। ग्रस रुट क्रिकेट विकासको पहिलो खुड्किला विद्यालय बाट नै क्रिकेटको सुरूवात गर्नुपर्ने र शिक्षकले त्यसमा महत्वपूर्ण भुमिका रहने भएकोले प्रशिक्षण […]

Success

Thank you for your time.