default_image

2 years ago

September 13, 2023

अष्ट्रेलियामाथि दक्षिण अफ्रिकाको फराकिलो जित

1592 views

0 Bookmark

एजेन्सी – युवा तीव्र गतिका बलर जेराल्ड कोट्जीको उत्कृष्ट बलिङ र एडेन माक्ररमको शतकमा घरेलु टोली दक्षिण अफ्रिकाले तेस्रो ओडिआई खेलमा अष्ट्रेलियालाई १ सय ११ रनको फराकिलो अन्तरले पराजित गरेको छ । पाँच ओडिआई खेलको सिरिजमा दक्षिण अफ्रिका २–१ ले पछिछ ।

जितको लागि ३ सय ३९ रनको विशाल विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ३४.३ ओभरमा २ सय २७ रनमा अल आउट भयो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले ५६ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७८ रनमा आउट भए । वार्नर रन आउट हुन पुगेका थिए ।

ट्रविस हेडले २४ बलमा ६ चौका र १ छक्कासहित ३८ रनमा आउट भए । वार्नर र हेडले मात्रै ७.५ ओभरमा ७९ रन बनाउँदै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

तर त्यसपछि कुनैपनि ब्याटरले राम्रो गर्न सकेनन् । कप्तान मिचेल मार्श २९, मार्नस लाबुसेन १५, विकेटकिपर एलेक्स केरी १२, मार्कस स्टोइनिस १० र टिम डेविड ८ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ६.३ ओभरमा ५० रन खर्चेर ४ विकेट लिए । तबरेज शाम्सी र केशव महाराजले २-२ विकेट लिए ।

त्यसअघि सेड्गार्स पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ३८ रन बनाएको थियो । दक्षिण अफ्रिकाको जितमा एडेन माक्ररमले ७४ बलमा ९ चौका र ४ छक्कासहित १ सय २ रनको अविजित शतकीय इनिङ खेलेका थिए ।

ओपनर तथा विकेटकिपर क्विन्टन डि ककले ७७ बलमा १० चौका र २ छक्कासहित ८२ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । कप्तान टेम्बा बभुमा ६२ बलमा ६ चौकासहित ५७ रनमा आउट हुन पुगेका थिए । दक्षिण अफ्रिकालाई ओपनर डि कक र टेम्बा बभुमाले २२।५ ओभरमा १ सय ४६ रनको शतकीय साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।

डि कक स्पिनर ट्रविस हेडको बलमा डेविड वार्नरबाट क्याच आउट हुन पुगेका थिए । रिजा हेन्ड्रिक्स ४५ बलमा ३ चौकासहित ३९, हेनरिक क्लासेन डक र डेविड मिलर ८ रनमा आउट हुन पुगे । मार्को यानसन १६ बलमा ४ चौका र १ छक्काससहित ३२ रनमा आउट भए ।

अष्ट्रेलियाका पार्टटाइम स्पिनर ट्रविस हेडले १० ओभरमा ३९ रन खर्चेर २ विकेट लिएका थिए । नाथन एलिस, मार्कस स्टोइनिस र तनविर संघाले एक एक विकेट लिए ।

अष्ट्रेलिया पहिलो खेलमा ३ विकेट र दोस्रो खेलमा १ सय २३ रनले विजयी भएको थियो । चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.