default_image

2 years ago

September 15, 2023

‘अव विश्वकप टाढा छैन’- विनोद भण्डारी

5342 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका विकेटकिपर विनोद भण्डारीले नेपालको लागि अव टि२० विश्वकप टाढा नभएको बताएका छन् । एक वर्षपछि नेपाली टोलीमा फर्किएका उनले चीनमा दुई सातापछि हुने १९ औं एसियाली खेलकुदको प्रशिक्षणको क्रममा हाम्रो खेलकुदसँग बोल्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

‘खेल्दा आफूलाई जहिले पनि सहज नै लाग्छ । टिमको आवश्यकता अनुसार छनोट हुने हो । हामी खाली समयमा पनि क्रिकेट खेली राखेका थियौं । टिम बाहिर बसेपछि त्यस्तो फरक देखिन्छ भन्ने हुँदैन । लगातार क्रिकेट खेलेको हुँदा त्यस्तो सोच्नु पर्छ जस्तो लाग्दैन’, विनोदले पूनरागमन बारे भने ।

क्यानले विनोद भण्डारी, विवेक यादव, कमलसिंह ऐरी, सागर ढकाल, लोकेश बम र विवेक यादवलाई एक महिना भारतमा अभ्यास गर्न पठाएको थियो । दिल्लीको अभ्यासले सजिलो भएको बताउँछन् ।

‘यहाँ बसेको भए वर्षाको कारण केहि गर्न मिल्ने थिएन । तर दिल्लीमा हरेक दिन खेल खेल्न मिलेको थियो । त्यसल गर्दा सजिलो भयो । अभ्यासमा कोच पनि हुनुन्थ्यो । टि२० को दिनमा दुई खेल खेलेका थियौं । भारतको अभ्यासले धेरै सहज भएको छ’, उनले भने ।

विनोद २०२२ को जुलाईमा स्कटल्यान्ड भ्रमणपछि नेपाली टोलीमा छैनन् । नेपालको पहिलो रोजाईका विकेटकिपर भएपनि अपेक्षा अनुसार रन बनाउन नसकेपछि बाहिर बस्नु परेको थियो । विकेटकिपर आसिफ शेख र अर्जुन साउदका साथ नेपाल अघि बढेपछि उनलाई टोलीमा फर्किन केहि गाह्रो भएको थियो ।

सन् २००९ देखी नेपाली टोलीबाट खेल्दै आएका उनले हालसम्म सिनियर टोलीबाट शतक बनाउन सकेका छैनन् । घरेलु क्रिकेटमा भने विनोदले शतक हानेका छन् । तल्लोक्रममा खेल्ने हुँदा शतक कठिन हुने विनोद बताउँछन् ।

‘मैले खेलेको ब्याटिङक्रम हेर्ने हो भने ५ देखी ७ सम्म छ । त्यहाँबाट शतक आउने एकदमै कम हुन्छ । शीर्षक्रममा ब्याटिङ गर्दा हेरौ कस्तो हुन्छ । शीर्षक्रमका ब्याटरले राम्रो गर्दा सबै खेल जित्ने सम्भावना हुन्छ’, उनले भने । १९ औं एसियाली खेलकुदमा नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्ससँग खेल्नेछ । क्वाटरफाइनलमा नेपालले बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका ए मध्य एकसँग खेल्नेछ ।

१९ औं एसियाली खेलकुदमा विनोदले नेपालबाट ओपनिङ गर्ने सम्भावना छ । उनी मेडलको लागि नै खेल्ने बताउँछन् । ‘मेडल भनेको मेडल हो । देशको लागि मेडल भनेको एकदमै महत्वपूर्ण कुरा हो । कोरियामा खेल्दा हामी एउटा खेलले पछि परेका थियौं । नत्र मेडल आई सकेको थियो । मेडलको लागि नै खेल्ने हो । पहिलो चरणमा गाह्रो छैन । दोस्रो चरणबाट अली कडा नै खेल हुन्छ । सबैले अलीकति प्रयास गर्यो भने त्यस्तो गाह्रो हुन्छ जस्तो मलाई लाग्दैन’, उनले भने ।

एसियाली खेलकुदपछि नेपालले घरेलु मैदानमा आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट खेल्नेछ । फाइनलमा स्थान बनाउन सके नेपालले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछ । विनोद अव नेपालको विश्वकप त्यति टाढा नभएको बताउँछन् ।

‘घरेलु मैदानमा त लगभग सबैले सोच्नु हुन्छ होला नेपालले जिति हाल्छ । सबै खेलाडीको आफ्नो मिहिनेत छ । घरेलु मैदानमा फाइदा हुन्छ । घरेलु मैदानमा विश्वकप छनोट खेल्नुछ । अलिकति मिहिनेत गरे विश्वकप टाढा छैन जस्तो लाग्छ मलाई’, उनले भने ।

विनोद भण्डारीको पूरा भिडियो हेर्नुहोस् :

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.