2 years ago
September 15, 2023
एजेन्सी – सकिब अल हसन र तौहिद हृदोयको अर्धशतकमा बंगलादेशले एसिया कपको अन्तिम सुपर फोर खेलमा भारतलाई २ सय ६६ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६५ रन बनायो ।

बंगलादेशका कप्तान सकिब अल हसनले ८५ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ८० रनको इनिङ खेले । उनी शार्दुल ठाकुरको बलमा बोल्ड आउट भए ।
तौहिद हृदोयले ८१ बलमा ५ चौका र २ छक्कासहित ५४ रन बनाए । एक समय १४ ओभरमा ५९-४ को अवस्थामा पुगेको बंगलादेशलाई पाँचौं विकेटका लागि सकिब र हृदोयले १ सय १ रनको शतकीय साझेदारी गर्दै खेलमा फर्काएका थिए ।
सकिब ३४ औं ओभरको पहिलो बलमा बोल्ड आउट भएपछि ठूलो योगफलको सम्भावना सकिएको थियो । तल्लोक्रममा नासुम अहमदले ४५ बलमा ६ चौका र १ छक्कासहित ४४ रन बनाएका थिए । ओपनर तान्जिद हसन १३, लिटन दास डक, अनमुल हक ४, मेहेदी हसन मिराज १३ र शमिम हसन १ रनमा आउट भए ।
मेहेदी हसन २३ बलमा ३ चौकासहित २९ रनमा नटआउट रहे । डेब्यू खेल खेलेका तान्जिम हसन सकिब ८ बलमा १ चौका र १ छक्कासहित १४ रन बनाए ।
भारतका शार्दुल ठाकुरले १० ओभरमा ६५ रन खर्चेर ३ विकेट लिए । मोहम्मद शामीले ८ ओभरमा १ मेडनसहित ३२ रन खर्चेर २ विकेट लिए । प्रसिद्ध कृष्णा, अक्षर पटेल र रविन्द्र जडेजाले एक एक विकेट लिए ।
भारत फाइनलमा पुगि सकेको छ । उपाधिको लागि आइतबार श्रीलंकासँग खेल्नेछ । उता बंगलादेश सुपर फोरबाट बाहिरि सकेको छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]