default_image

8 months ago

September 19, 2023

नेपाली युवा टोलीले पहिलो खेल इरानसँग खेल्ने

3089 views

0 Bookmark

एजेन्सी – नेपाली यू१९ क्रिकेट टोलीले एसिसी यू१९ प्रिमियर कपमा पहिलो खेल इरानसँग खेल्ने भएको छ । अर्को महिना मलेसियामा हुने प्रतियोगिताबाट शीर्ष तीन टोलीले डिसेम्बरमा हुने यू१९ एसिया कप खेल्न पाउनेछन् ।

उपाधिको प्रमुख दाबेदार नेपालले असोज २५ (अक्टोबर १२) मा इरानसँग खेल्नेछ । त्यस्तै नेपालले असोज २८ (अक्टोबर १५) मा बहराइनसँग खेल्नेछ । कार्तिक २ (अक्टोबर १९) मा नेपालले साउदी अरेवियासँग खेल्नेछ । प्रतियोगितामा १६ एसोसिएट टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

हरेक सममूहका शीर्ष टोली सेमिफाइनल खेल्नेछन् । सेमिफाइनल अक्टोबर २२, फाइनल र तेस्रो स्थानको लागि अक्टोबर २४ मा प्रतिस्पर्धा हुनेछ । फाइनल कार्तिक ७ मा हुनेछ । नेपाल फाइनल पुग्ने उच्च सम्भावना छ ।

नेपाली युवा टोलीले दशैको दिन उपाधिको लागि प्रतिस्पर्धा गर्ने सम्भावना उच्च छ । समूह बी मा युएई, ओमान, कतार र चीन छन् । समूह सी मा सिंगापुर, कुवेत, थाईल्यान्ड र माल्दिभ्स छन् । समूह डी मा हङकङ, मलेसिया, जापान र इन्डोनेसिया छन् ।
नेपालले गत मार्चमा आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको उपाधि जित्दै विश्वकपमा स्थान बनाएको थियो ।

यू१९ विश्वकप २०२४ को सुरुवातमा हुनेछ । यू–१९ प्रिमियर कप र एसिया कप विश्वकप अघि नेपाललाई राम्रो तयारी हुनेछ । नेपालले यू१९ प्रिमियर कपको लागि २४ सदस्यीय टोली प्रशिक्षणमा बोलाएको छ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.