default_image

2 years ago

September 22, 2023

क्यान निर्वाचन – पारस सचिवमा उठ्ने

3923 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को आसन्न निर्वाचनमा सचिव पदमा उठ्ने भएका छन् ।

बाग्मती प्रदेश क्रिकेट संघका अध्यक्ष रहेका खड्का चतुरबहादुर चन्दको प्यानलबाट सचिव उठ्ने लगभग पक्का भएको छ । क्यानको अधिवेशन र विशेष साधारण सभा आज सुर हुँदैछ । साधारण सभा भोली सम्म चल्ने बताइएको छ ।

प्रदेश क्रिकेट संघमा अध्यक्ष पद उठ्ने औपचारिक घोषणा गरेर अघि बढेका खड्काले क्यानको सचिवमा उठ्ने औपचारिक घोषणा भने गरिसकेका छैन । ‘सचिवमा उठ्ने तयारीमा छु । कसरी अघि बढ्ने भन्नेमा आज फेरि छलफल गर्दैछौं, उनले भने, समूह नै बनाएर लड्ने भन्ने त होइन । परिस्थति कस्तो हुन्छ । त्यसकै आधारमा अघि बढ्ने छौं ।’

अन्तर्राष्ट्रिय क्रिकेटबाट दुई वर्षअघि सन्यास लिएका खड्काले यसै पटक काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा सर्वसम्मत निर्वाचित भएका थिए भने बाग्मती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका थिए ।

उनले दुई वर्ष अघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए । घोषणाका क्रममै उनले भविष्यमा क्यान पदाधिकारीका लागि प्रयास गर्ने बताएका थिए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.