2 years ago
September 23, 2023
एजेन्सी – नेपाल यू१९ विश्वकप २०२४ मा आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग खेल्ने भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी० ले यू१९ विश्वकपको समूह र खेल तालिका सार्वजनिक गरेको छ ।

यु१९ विश्वकप २०२४ जनवरी १३ देखी ४ फेब्रुअरी सम्म श्रीलंका चल्नेछ । नेपाल, अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड समूह डी मा छन् ।
नेपालले आफ्नो पहिलो खेल श्रीलंकाको कोलोम्बोमा पुष २८ (जनवरी १३) मा न्युजिल्यान्डसँग खेल्दै सुरुवात गर्नेछ । नेपालले कोलोम्बोमा नै पाकिस्तानसँग माघ ३( जनवरी १७) मा खेल्नेछ ।
समूह चरणको अन्तिम खेल नेपालले माघ ६(जनवरी २०) मा अफगानिस्तानसँग खेल्नेछ । नेपाल शीर्ष तीनमा पुग्न सकेको खण्डमा अर्को चरणमा स्थान बनाउनेछ ।
यसअघिको संस्करणको जस्तो क्वाटरफाइनल हुँदै सेमिफाइनल हुनेछैन । चार समूहबाट शीर्ष तीन टोली अर्को समूहबाट आउने तीन टोलीसँग भिड्नेछन् । समूह ए को समूहले सी को समूहबाट आउनेसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह बी को शीर्ष तीन टोलीले समूह डीबाट आउनेससँग खेल्नेछ । शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह चरणमा शीर्ष तीनमा पर्न नसक्ने टोली १२ देखी १६ स्थानको लागि प्रतिस्पर्धा हुनेछ । आइसिसीले यू-१९ विश्वकपमा प्लेट च्याम्पियन हटाएको छ ।
समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् । समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अष्ट्रेलिया, आयोजक श्रीलंका, जिम्बावे र नामिबिया छन् ।
क्षेत्रिय छनोटबाट नेपाल, अमेरिका, स्कटल्यान्ड, न्युजिल्यान्ड र नामिबिया आएका थिए । आयोजक श्रीलंकासँगै अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, वेस्टइन्डिज र जिम्बावेले सोझै विश्वकपमा पुगेका थिए । नेपालले आइसिसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटमा घरेलु टोली युएईलाई ७ रनले हराउँदै विश्वकपमा स्थान बनाएको थियो ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]