default_image

2 years ago

September 23, 2023

मल्लले दिए सचिवमा पदमा उम्मेद्धवारी

4295 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – केन्द्रिय सदस्य प्रशान्त विक्रम मल्लले नेपाल क्रिकेट संघ(क्यान) को केन्द्रिय चुनावमा सचिव पदमा उम्मेद्धवारी दिएका छन् । चुनावको मनोनयन सार्वजनिक भएको छ । मल्लले नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काविरुद्ध सचिव पदमा लड्ने भएका हुन् ।

उनको मनोनयनमा केन्द्रिय सदस्य कैलाश विष्ट र पाल्ला क्रिकेट संघका अध्यक्ष हुमबहादुर राणाले प्रस्ताव जनाएका छन् । समर्थनमा हरि रग्मी र नरेश राणा रहेका छन् । मल्लले अध्यक्षमा भने चतुरबहादुर चन्दलाई पूर्ण समर्थन गर्ने बताएका छन् ।
मल्लले नेपाल टि२० लिग बिबादको कारण कार्यवाहक सचिव पदबाट राजीनामा दिएका थिए ।

रुपन्देही जिल्लामा चार कार्यकाल अध्यक्षको रुपमा बिताएका उनी २०७२ देखी क्यानको केन्द्रिय समितिको रुपमा रहेका छन् ।
क्यानको अध्यक्षमा चतुरबहादुर चन्द लड्दैछन् ।

उनको प्यानलमा कोषाध्यक्षमा पदम खड्का, सचिवमा पारस खड्का र उपाध्यक्षमा रोशन सिंह छन् । क्यानको केन्द्रिय चुनावमा कुल ८५ मत छ । यसअघि ८६ मत भएपनि झापा जिल्ला दुई प्रतिनिधि बिवाद भएपछि मताधिकार खारेज भएको हो ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.