2 years ago
September 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदको चुनावमा पूर्वकप्तान पारस खड्का जिततर्फ अघि बढेका छन् । शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ६० मत गणना हुँदा पारसले ३७ र प्रशान्त मल्लले २३ मत लिएका छन् । सचिव पद जित्न कुल ४३ मत आवश्यक पर्दछ ।
अव २५ मत गणना हुन बाँकी हुँदा पारसलाई सचिव पद जित्न ६ मत आवश्यक पर्दछ । कुल मत ८५ हुँदा सबै खसेको थियो । सचिव पद जित्न ४३ मत आवश्यक पर्दछ । प्रमुख पदमा सचिव बाहेक अन्य सबैमा सर्वसम्मत निर्वाचित भएको थियो । अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदम खड्का सर्वसम्मत निर्वाचित भएका थिए । तर सचिव पदमा सर्वसम्मत नहुन नसकेपछि निर्वाचन गर्नु परेको थियो । त्यस्तै महिला सदस्यमा जयन्ती देवी भट्ट पनि सर्बसम्मत रुपमा निर्वाचित भएकी थिइन् ।
सात प्रदेशबाट एक एक जना सदस्यमा निर्वाचित हुने गर्दछन् । जसमा लुम्बिनीबाट प्रदीप मजगैयाँ र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत प्रदेश कोटामा सदस्यमा निर्वाचित भएका थिए । अव पाँच प्रदेश र पाँच खुल्ला सदस्यको मतगढना जारी छ ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]