default_image

2 years ago

September 23, 2023

जसले चिट्ठाबाट क्यानको सदस्य जिते

2372 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कुनैपनि निर्वाचनमा एक मतको ठूलो महत्व हुन्छ । एक मतले नै उम्मेद्धवारलाई जिताउने र हराउने गर्दछ । चुनाव जित्न मतमात्रै होईन कहिले काही भाग्यले पनि साथ दिनुपर्छ । नेपाल क्रिकेट संघ(क्यान) को केन्द्रिय चुनावमा दुई केन्द्रिय सदस्यको मत बराबर भएपछि चिट्ठाबाट विजयी घोषणा गर्नु परेको थियो।

मधेश प्रदेश कोटातर्फबाट माधव कर्माचार्य र मोहम्मद दाउद अन्सारीले समान ४२ मत प्राप्त गरे । समान मत भएपछि चिट्टाबाट विजयी घोषणा गर्नु परेको थियो । कर्माचार्य चिट्ठामा भाग्यशाली मानिए ।

कर्माचार्य सर्लाही जिल्ला क्रिकेटका अध्यक्ष हुन् । उनी यसअघि केन्द्रिय सदस्य समेत थिए । यसअघि क्यानका केन्द्रिय सदस्य समेत रहेका अन्सारी पछिल्लो क्यान कार्यसमितिको हरेक गलत गतिविधिको विरुद्धमा बोल्दै आएका थिए ।

उता खुल्लातर्फ सदस्यमा पनि करण महत्रा क्षेत्री र ऋषिराम गौतमले पनि समान २६ मत ल्याएका थिए । चिट्ठामार्फत क्षेत्री विजयी भए । मकवानपुर जिल्लाका अध्यक्ष क्षेत्री यसअघि पनि क्यानको केन्द्रिय सदस्य थिए । गण्डकी प्रदेशका गौतम यसअघि क्यानका केन्द्रिय सदस्य थिए । क्यानको गलत गतिविधिविरुद्ध गौतमले पनि आवाज उठाउदै आएका थिए ।

क्यानको सचिव पदमा पूर्वकप्तान पारस खड्काले प्रशान्त मल्ललाई ११ मतले पराजित गरे । कुल ८५ मतबाट पारसले ४८ र मल्लले ३७ मत प्राप्त गरे । अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह र कोषाध्यक्ष पदम खड्का सर्वसम्मत रुपमा निर्वाचित भए ।

त्यस्तै महिला सदस्यतर्फ जयन्ती देवी भट्ट, लुम्बिनी प्रदेश कोटाबाट प्रदीप मजगैया र कर्णालीबाट श्रीधर केसी सर्वसम्मत निर्वाचित भएका थिए । अन्य १० सदस्यको लागि निर्वाचन गर्नु परेको थियो ।

प्रदेश कोटामा कोशीबाट अर्जुन पौडेल (४७), त्यस्तै बागमती प्रदेशबाट दिवाकर घले (४६), गण्डकी प्रदेशबाट सुदीप शर्मा (५२) र सुदूरपश्मिच प्रदेशबाट विक्रम विष्ट (४९) मतका साथ विजयी भए । खुल्लातर्फ सदस्यमा धिरेन्द्र साउद ६९, विरेन्द्र ३४, दुर्गाराज पाठक ५४ मत र आयुष श्रेष्ठ ५१ मतका साथ विजयी भए ।

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

Success

Thank you for your time.