9 years ago
January 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) – सेमिफाइनल सम्म चितवनमा भएको शिव पौडेल स्मृति क्रिकेट टि ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल ११ दिनपछि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा हुने भएको छ ।

आयोजकले राजधानीमा बुधबार एक पत्रकार सम्मेलन गर्दै सहिद दिवसको अवसर पारेर माघ १६ गते फाइनल खेलाइने बताएको छ । नेपाल विद्यार्थी संघ विरेन्द्र बहुमुखी क्याम्पस इकाईको आयोजनमा भएको प्रतियोगिताको फाइनलमा काठमाडौँका दुई कलेज सिसिआरसी कलेज र हार्ट लण्ड एकेडमी भिड्ने छन् ।
सेमिफाइनलमा सिसिआरसीले नेपाल पोलिटेक्निक र हार्ट लण्डले आयोजक बिरेन्द्र बहुमुखीलाई पराजित गरेको थियो । प्रतियोगितामा १२ टोलीले लिगकम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । विजेताले २ लाख ६८ हजार ९ सय २ र दोस्रो हुने टोलीले १ लाख ३५ हजार ९ सय २ रुपैयाँ प्राप्त गर्नेछन् ।
म्यान अफ दि सिरिजले १५ तथा उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५ हजार रुपैयाँ जित्नेछन् । उत्कृष्ट बलर र ब्याट्सम्यानको पुरस्कार रकम नेपाली क्रिकेट समर्थक समाजले सौजन्य गर्ने कार्यक्रम संयोजक अनिल अधिकारीले जानकारी दिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]