2 years ago
September 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर कुशल मल्ल एकै खेलमा नेपालबाट कुनैपनि खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । मंगोलियाविरुद्ध कुशलले ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनको सानदार शतकीय इनिङ खेले । यो कुनैपनि नेपाली ब्याटरले कुनैपनि खेलमा बनाएको उच्च योगफल हो ।

यसअघि नेपालबाट एकै खेलमा सर्वाधिक रन बनाउने कीर्तिमान रोहित पौडेलको नाममा थियो । रोहित पौडेलले २०२२ मार्चमा ओडिआई खेलमा पपुवा न्युगिनीविरुद्ध १ सय २६ रन बनाएका थिए । त्यो नै कुनैपनि खेलमा नेपाली ब्याटरले बनाएको उच्च योगफल हो ।
त्यस्तै यू१९ क्रिकेटमा देव खनालले गत फेब्रुअरीमा युएईमा कुवेतविरुद्ध १ सय २५ रन बनाएका थिए । यसअघि नेपालबाट टि२० आईमा एकै खेलमा उच्च रन दीपेन्द्रसिंह ऐरीको नाममा थियो । दीपेन्द्रले २०२२ मा मलेसियाविरुद्ध १ सय १० रन बनाएका थिए ।
कुशलले ३४ बलमै शतक हानेका थिए । टि२० आई इतिहासकै सर्वाधिक छिटो शतक हो । यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए ।
नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा शतक पूरा गरेका थिए । नेपालबाट ओडिआईमा पनि कुशलकै नाममा छ । कुशलले ओमानविरुद्ध यसै वर्ष ५९ बलमा शतक पूरा गरेका थिए । ओडिआईमा एवि डिभिलियर्सले ३१ बलमै शतक हानेका थिए ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]