default_image

2 months ago

September 27, 2023

नेपालको एकै खेलमा १४ कीर्तिमान

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको दुर्लभ जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो । नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । […]

13192 views

0 Bookmark

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालले १९ औं एसियाली खेलकुदमा मंगोलियामाथि २ सय ७३ रनको दुर्लभ जित हात पारेको छ । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै ३ सय १४ रन बनायो ।

नेपालका कुशल मल्ल ५० बलमा ८ चौका र १२ छक्कासहित १ सय ३७ रनमा नटआउट रहे । रोहित पौडेल २७ बलमा २ चौका र ६ छक्कासहित ६१ रनमा आउट भए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

जितको लागि ३ सय १५ रनको विशाल विजयी लक्ष्य पछ्याएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा अल आउट भयो । पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको मंगोलियामाथि नेपालले विश्व कीर्तिमानको वर्षा गराएको छ । नेपालले टि२० आईका लगभग सबै प्रमुख कीर्तिमान तोडेको छ ।

नेपालले अविश्वसनीय र कहिल्यै नतोडिने विश्व कीतिमान पनि त्यतिनै बनाएको छ । नेपालले एकै खेलमा ६ विश्व कीर्तिमान बनाएको छ । समग्रममा मंगोलियाविरुद्ध बनाएको कीर्तिमानहरु यस प्रकार छन् ।

१४. दीपेन्द्र ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी

दीपेन्द्र ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका छन् । १९ औं ओभरको पहिलो बलमा रोहित पौडेल आउट भएपछि दीपेन्द्र ब्याटिङमा आएका थिए । दीपेन्द्रले त्यसपछि मंगोलियाका अल्ताङ्खुयाग मुनगुनलाई लगातार पाँच छक्का हानेका थिए । दीपेन्द्र १० बलमा ८ छक्कासहित ५२ रनमा नटआउट रहे ।

२० औं ओभरको दोस्रो बलमा छक्का हान्दै ६ बलमा ६ छक्का हान्ने पहिलो नेपाली खेलाडी बनेका थिए । यसअघि कुनैपनि नेपाली ब्याटरले ६ बलमा ६ छक्का हानेका थिएनन् । ज्ञानेन्द्र मल्ल नेपालबाट एकै ओभरमा लगातार ६ चौका प्रहार गर्ने ब्याटर हुन् । २०१२ मा ज्ञानेन्द्रले साउदी अरेवियाविरुद्ध एकै ओभरमा ६ चौका हानेका थिए ।

१३. ओडिआई र टि२० आई दुबैमा छिटो शतक

कुशल नेपालबाट ओडिआई र टि२० आई दुबैमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । टि२० आईमा उनले ३४ र ओडिआईमा गत मार्चमा ओमानविरुद्ध ५९ बलमा शतक पूरा गरेका थिए ।

यसअघि टि२० आईमा पारस खड्काले २०१९ मा सिंगापुरविरुद्ध ४९ बलमा शतक हानेका थिए । ओडिआईमा कुशलले तोड्नु अघि रोहित पौडेलले पपुवा न्युगिनीविरुद्ध २०२२ मा ९१ बलमा हानेका थिए ।

१२. रोहित र कुशलको १९ बलमै अर्धशतक

कुशल र रोहितले १९ बलमा अर्धशतक पूरा गरेका थिए । नेपालबाट सर्वाधिक छिटो टि२० आई अर्धशतक हो । यसअघि टि२० आईमा नेपालबाट सर्वाधिक छिटो अर्धशतक ज्ञानेन्द्र मल्लले २०१९ मा मलेसियाविरुद्ध २० बलमा प्रहार गरेका थिए ।

त्यस्तै ओडिआईमा गत मार्चमा आसिफ शेखले पपुवा न्युगिनीविरुद्ध २१ बलमा हानेका थिए । नेपालको इतिहासमै भने ज्ञानेन्द्रले २०१२ मा साउदी अरेवियाविरुद्ध १८ बलमा पूरा गरेका थिए ।

११. दीपेन्द्रको ७ अर्धशतक

दीपेन्द्रको यो सातौं टि२० आई अर्धशतक हो । योसँगै टि२० आईमा नेपालबाट उनी सर्वाधिक धेरै अर्धशतक प्रहार गर्ने ब्याटर बनेका छन् । उनीपछि कुशल भुर्तेलले ६ र पारस खड्काले ५ अर्धशतक प्रहार गरेका छन् ।

१०. १२ छक्का प्रहार गर्ने पहिलो नेपाली खेलाडी

कुशलले मंगोलियाविरुद्ध कुल १२ छक्का प्रहार गरे । उनी कुनैपनि खेलमा सर्वाधिक छक्का प्रहार गर्ने नेपाली ब्याटर हुन् । गत अप्रिलमा कुशलले ओडिआईमा ओमानविरुद्ध १० छक्का हानेका थिए । आफ्नो उक्त कीर्तिमान तोडेका हुन् । टि२० आईमा २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध तथा ज्ञानेन्द्र मल्लले भुटानविरुद्ध समान ९ छक्का हानेका थिए ।

९. नेपाली ब्याटरको उच्च साझेदारी

तेस्रो विकेटका लागि कुशल र रोहितले १ सय ९३ रनको साझेदारी गरेका थिए । यो विश्व कीर्तिमानी साझेदारी हो । नेपाली ब्याटरले गरेको यो कुनैपनि खेलको उच्च साझेदारी हो ।

यसअघि ओडिआईमा गत जुनमा जिम्बावेविरुद्ध आसिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि १ सय ७१ रनको साझेदारी गरेका थिए । टि२० आईमा २०१९ मा आरिफ शेख र पारस खड्काले १ सय ४५ रनको साझेदारी दोस्रो विकेटका लागि गरेका थिए ।

८. कुशल एकै खेलमा सर्वाधिक रन बनाउने ब्याटर

कुशल नेपालबाट कुनैपनि एक अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक रन बनाउने ब्याटर बनेका छन् । कुशलले रोहित पौडेलको २०२२ मार्चमा पपुवा न्युगिनीविरुद्ध बनाएको १ सय २६ रनको कीर्तिमान तोडेका हुन् ।

७. नेपालको उच्च योगफल

यो नेपालले बनाएको उच्च योगफल हो । यसअघि टि२० आईमा नेपालले २०२१ मा मलेसियाविरुद्ध २ सय ३८ र ओडिआईमा ओमानविरुद्ध ३ सय १० रन बनाएको थियो । ओडिआईमा उच्च जित गत मार्चमा युएईविरुद्ध १ सय ७७ रन थियो । टि२० आईमा २०२१ मा नेदरल्यान्ड्सविरुद्ध १ सय ४३ रनको जित थियो ।

६. तेस्रो विकेटका लागि विश्व कीर्तिमान

कुशल मल्ल र रोहितले तेस्रो विकेटका लागि १ सय ९३ रनको साझेदारी गरेका थिए । टि२० आईमा कुनैपनि जोडीले तेस्रो विकेटका लागि गरेको उच्च साझेदारी हो । यसअघि तेस्रो विकेटका लागि २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले वेस्टइन्डिजविरुद्ध १ सय ८४ रनको साझेदारी गरेका थिए ।

टि२० इतिहासमा यो आठौं ठूलो साझेदारी हो । टि२० आईमा सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका उस्मान घानी र हज्रतुल्लाह जजाईले पहिलो विकेटका लागि २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए ।

५. टि२० आईकै सर्वाधिक छिटो शतक

कुशल मल्लको ३४ बलमा शतक टि२० आई इतिहासकै सर्वाधिक छिटो हो । यसअघि भारतका रोहित शर्मा र दक्षिण अफ्रिकाका डेविड मिलरले श्रीलंकाविरुद्ध समान ३५ बलमा शतक हानेका थिए । त्यस्तै चेक रिपब्लिकनका सुदेश विक्रमशेखरले टर्कीविरुद्ध ३५ बलमै शतक हानेका थिए ।

४. दीपेन्द्रको दुर्लभ अर्धशतक

दीपेन्द्रले ९ बलमा ८ छक्कासहित ५० रन बनाएका थिए । यो कुनैपनि क्रिकेट खेलमा बनेको सर्वाधिक छिटो अर्धशतक हो । यसअघि टि२० आईमा भारतका युवराज सिंहले १२, ओडिआईमा दक्षिण अफ्रिकाका एवि डिभिलियर्सले १६ र टेस्टमा पाकिस्तानका मिस्बाह उल हकले २१ बलमा अर्धशतक पूरा गरेका थिए । यो कीर्तिमान सम्भव त अव तोडिने छैन ।

३.टि२० आईमा सर्वाधिक फराकिलो जित

नेपालले मंगोलियालाई २ सय ७३ रनले हरायो । यो टि२० आई इतिहासकै फराकिलो जित हो । यसअघि चेक रिपब्लिकनले टर्कीविरुद्ध २०१९ मा २ सय ५७ रनले हराएको थियो ।

२. एकै खेलमा इनिङमा सर्वाधिक छक्का

नेपालबाट कुशल मल्लले १२, दीपेन्द्रसिंह ऐरीले ८ र रोहित पौडेलले ६ गरि कुल २६ छक्का प्रहार गर्यो । टि२० आईमा कुनैपनि टोलीले एकै इनिङमा प्रहार गरेको सर्वाधिक छक्का हो । यसअघि अफगानिस्तानले २०१९ मा आयरल्यान्ड तथा वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध २०२३ मा समान २२ छक्का हानेका थिए ।

१. नेपाल टि२० आईमा ३ सय रन बनाउने पहिलो टोली

नेपाल टि२० आई इतिहासमा ३ सय रन बनाउने पहिलो टोली बनेको छ । यसअघि टि२० आईमा उच्च योगफल अफगानिस्तानले २०१९ मा आयरल्यान्डविरुद्ध २ सय ७८ रन बनाएको थियो ।

त्यसै वर्ष चेक रिपब्लिकनले टर्कीविरुद्ध २ सय ७८ रन बनाएको थियो । महिला टि२० आईमामा भने बहराइनले २०२२ मा साउदी अरेवियाविरुद्ध ३ सय १८ रन बनाएको थियो । युगान्डाले मालीविरुद्ध २०१९ मा ३ सय १४ रन बनाएको थियो ।

यो पनि : एकै खेलमा नेपालका १० दुर्लभ विश्व कीर्तिमान

December 3, 2023

अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

एजेन्सी – घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित हात पारेकोछ । भारतले सिरिज ४-१ ले जितेकोछ । जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो । अष्ट्रेलियाका बेन म्याकडेर्मोटले ३६ बलमा ५ छक्कासहित सर्वाधिक […]

December 3, 2023

कृष्ण र बसिरको उत्कृष्ट प्रदर्शनमा लिटल फ्लावरको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको छ। उद्घाटन खेलमा सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) लाई ८४ रनले हराउँदै लिटल फ्वारले फराकिलो जित हात पारेको हो। टस जितेर पहिले ब्याटिङ रोजेको लिटल फ्लावरले निर्धारित २० ओभरको खेलमा १ सय […]

December 3, 2023

ऐरको अर्धशतकमा अष्ट्रेलियालाई मध्यम लक्ष्य

एजेन्सी – मध्यक्रमका ब्याटर श्रेयस ऐरको अर्धशतकमा भारतले पाँचौं तथा अन्तिम टि२० आई खेलमा अष्ट्रेलियालाई १ सय ६१ रनको मध्यम लक्ष्य दिएको छ । बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनायो । भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐरले ३७ बलमा ५ चौका र २ […]

Success

Thank you for your time.