2 years ago
September 27, 2023
एजेन्सी – पाकिस्तान एक सातापछि सुरु हुने एकदिवसीय विश्वकप खेल्न भारत पुगेको छ । पाकिस्तानको टोली बुधबार साँझ भारतको हैदराबाद पुगेको छ । पाकिस्तान क्रिकेट टोली लाहोर, दुबै हुँदा साँझ ९ बजे हैदराबाद पुगेको छ ।

पाकिस्तान लाहोरबाट मंगलबार राती हिँडेको थियो । तर दुबईमा पाकिस्तानको ९ घण्टा ट्रान्जिसन परेको थियो । पाकिस्तान २०१६ को टि२० विश्वकप पछि पहिलो पटक भारतमा गएको हो ।
दुई देशबीचको आन्तरिक राजनीतिको कारण एक अर्का देशको भ्रमण गर्दैनन् । त्यसैले यी दुई देशबीच २०१३ पछि कुनैपनि सिरिज पनि भएको छैन । विश्वकप र एसिया कपमा मात्रै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै आएको छ ।
भारत भने एसिया कप खेल्न अघिल्लो महिना पाकिस्तान गएको थिएन । त्यसैले एसिया कप पाकिस्तान र श्रीलंकामा भएको थियो । पाकिस्तान उपाधिको दाबेदार टोली हो । विश्वकप अघि दुई वार्मअप खेल खेल्नेछ । शुक्रबार न्युजिल्यान्डसँग हैदराबादमा हुने वार्मअप खेलमा दर्शक प्रवेश निषेध गरिएको छ ।
सुरक्षाको कारण दर्शकलाई निषेध गरिएको हो । मंगलबार पाकिस्तानले वार्मअप खेल हैदराबादमा अष्ट्रेलियासँग खेल्नेछ ।
पाकिस्तानले विश्वकप भने हैदराबादमै ६ अक्टोबरमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ । भारत र पाकिस्तानबीचको खेल १४ अक्टोबरमा अहमदाबादमा हुनेछ ।

त्यसअघि १० अक्टोबरमा श्रीलंकासँग हैदराबादमै खेल्ने कार्यक्रम छ । पाकिस्तान एसिया कपमा सुपर फोरबाट नै पराजित भएको थियो । सुपर फोरमा भारतसँग २ सय २८ र श्रीलंकासँग २ विकेटले पराजित भएको थियो ।
विश्वका नम्बर वान ओडिआई वरियता ब्याटर बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानको प्रदर्शन महत्वपूर्ण हुनेछ । बलिङ भने पाकिस्तानको उत्कृष्ट छ । शाहिन शाह अफ्रिदी, हरिस रौफ र मोहम्मद वासिम जुनियर तीव्र गतिको बलिङ आक्रामण सम्हाल्नेछन् ।
प्रमुख बलर नसिम शाह भने चोटका कारण विश्वकपमा हुने छैनन् । १० टोली सहभागी विश्वकप राउन्ड रोविन लिगको आधारमा हुनेछ । शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन् । विश्वकप अक्टोबर ५ देखी नोभेम्बर १९ सम्म हुनेछ ।
पाकिस्तानको टोली :
फखार जमान, इमाम उल हक, अब्दुल्लाह शफिक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान, साउद सकिल, इफ्तिखर अहमद, अघा सलमान, मोहम्मद नवाज, शादब खान, उस्मा मिर, शाहिन शाह अफ्रिदी, हरिस रौफ, मोहम्मद वासिम जुनियर र हसन अली ।
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]